५० बढी एसएसपी, एसपी र डीएसपीलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं–प्रहरी प्रधान कार्यालयले बढुवाको खुसियालीमा फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्ने ५० भन्दा बढी प्रहरी अधिकृतहरूलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले हालै मात्र बढुवा भएर खुसीयालीमा फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्ने ५० भन्दा धेरै एसएसपी, एसपी र डीएसपीलाई २४ घण्टे स्पष्टिकरण सोधेको हो।

५० बढी एसएसपी, एसपी र डीएसपीलाई २४ घण्टे अल्टिमेटम

कानुन शाखाले एसएसपीमा बढुवा भएका देवबहादुर बोहरा, उत्तम सुवेदी, दीवस लोहनी, रवीन्द्र धानुक,एसपीमा बुढा भएका इश्वर कार्की तथा डीएसपीमा बढुवा भएका गङ्गाबहादुर थापा, छेदिलाल कामती, नवीन कार्की र रुपक खड्कालाई अल्टिमेटम सोधेको छ। एसपी डा। गणेश रेग्मीद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सञ्जालमार्फत् आचारसंहिता उल्लंघन गरेकाले स्पष्टिकरण सोधिएको उल्लेख छ।

प्रहरी प्रधान कार्यालयले २०७३ वैशाखबाट नेपाल प्रहरीमा कार्यरत कोही पनि अधिकृत वा जवानलाई फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा नराख्न निर्देशन जारी गरेको थियो। तर, सर्कुलरको उल्लंघन भएको भन्दै प्रहरीले ती अधिकृतलाई अल्टिमेटम सोधेको हो।





error: Content is protected !!