डोल्पामा साउन पुर्णिमाको रौनकःतीर्थयात्रा गर्नेको घुइँचो,बाटाघाटाहरु रङ्गिए,जताततै शंख,घण्ट र बाजागाजा सहित जयजयकारको ध्वनी

डोल्पा , दुर्गम जिल्ला डोल्पामा साउने पुर्णिमाको अवसरमा आफ्नो कुलाम्य देबी देवतालाई तीर्थ स्नान गराउन बिषेश महत्व बोकेका तीर्थ स्थलहरुमा जानेहरुको घुइचो लागेको छ ।
यतिखेर डोल्पामा तिर्थयात्रामा जाँदै गरेका र गएर फर्केका तीर्थयात्रीहरुलाई स्वागत गर्दा यहाँका बाटोघाटाहरु रङ्गीएकाकाछन् भने जताततै शंख घण्ट तथा जयजयकार ध्वनीहरु सुनिने गरेकाछन् ।
डोल्पामा साउने पुर्णिमालाई बिषेश स्थानीय पर्बको रुपमा मनाइने प्रचलन पनि रहदै

आएको छ ।
देवी देवतालाई स्नान गराउन अर्थात तीर्थ जान मन्दिरका धामी पुजारी सहित सदियौकाल देखि पुज्दै आएका देवी देवतालाई लिएर भक्तजनहरु ठुलो कस्ट सहन गरेर भए पनि खाली खुट्टामा यहाँका उच्च हिमाली क्षेत्रहरुम एक

 

साता सम्मको तीर्थ यात्रामा जाने गर्छन ।
एक छाक पबित्र खाना खाएर आफ्नो कुलाम्ये देवी देवताको स्नान गराउन तीर्थ धाममा गएमा आफ्नो मनोभावना पुरा हुने जनविश्वास रहदै आएको त्रिपुरा सुन्दरी नगरपालिाकाका स्थानीय रामप्रसाद उपाध्यायले बताउनुभयो ।
यतिखेर डोल्पाका बाला त्रिपुरा सुन्दरी भगवतीको मनिदर दुध कुण्डली,ताम्र वणी,ब्यास रिसी,ब्यास गाड,साइ क्वारी,मुकुटेश्वर,जग दुल्ला,खाली छहरा र मुस्ताङमा रहेको प्रशिद्ध धार्मिक पीठ मुक्तिनाथमा समेत गएर देवी

देवतालाई समेत आफु पनि स्नान गरेर आउने चलन छ ।
देवी देवतालाई तीर्थ स्नान गराउन जाँदा होस या मन्दिरमा फर्कदा होस स्थानीयले धुमधामका साथ बाजा गाजा सहित अर्रछोपर्छो गर्ने र कतै

साउनको चतुर्दशी तथा कतै पुर्णिमामा बिशेष पुजाआजाहुने गरेको उपाध्यायले बताउनुभयो ।
साउने पुर्णिमामा डोल्पाका छलभवानी मस्टा,गल्ली भवानी मस्टाका मठ मन्दिरमा सयौ बोकाहरु समेत बली दिने गरिन्छ ।
साउन महिना नै देवीदेवताहरुको तीर्थ स्थल परिक्रमा गर्नाले पनि कुलाम्ये देबता शान्त हुने र बर्षभरिमा बिभिन्न कार्य गर्दाभुलचुक भई पुजापाठमा अवरोध भएपनि कुलाम्य देबताले माफि दिने जनबिश्वास छ ।
बिज्ञान भन्दा धर्ममा अटुट आस्था राख्ने डोल्पालीहरु हरेक बर्ष साउन महिनामा केटाकेटी,महिला,बुढाबुढी सबै तिर्थयात्रामा निस्कने गर्दछन् ।

भेरीखवर संवादाता




सम्बन्धित समाचार


error: Content is protected !!