विप्लव माओवादीका केन्द्रिय नेताले फेरी पार्टी छोडे,यस्तो छ विप्लवमाथी आरोप ?

काठमाण्डौ– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता गगन खड्का ‘जिवन’ ले पार्टी परित्याग गरेका छन् । उनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य हुन । खड्का निकट स्रोतकाअनुसार उनिसहित करिव आधा दर्जन केन्द्रिय नेताहरु पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन् । उनिहरुले त्यसका लागी माओवादी केन्द्रका नेता एवंम् पुर्व गृहमन्त्री शक्ति वस्नेतसंग छलफल गरीरहेका छन् ।  खड्का जाजरकोटका लोकप्रिय माओवादी नेता समेत हुन ।

खड्कासहित करिव तीन दर्जन युवा नेताहरु उक्त पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन् । नेता खड्काले शनिवार एक विज्ञप्ती जारी गर्दै पार्टी अध्यक्ष विप्लवले माओवादी केन्द्र र किरण नेतृत्वको पार्टीसंग सम्वन्ध विच्छेदको औचित्य पुष्टि गर्न नसकेको र उनको नेतृत्वमा केही वैचारिक अस्पष्टता र राजनितिक रुपले समेत अकर्मण्यता देखिएको दावी गरेका छन् ।

उनले विप्लव नेतृत्वको पार्टीमा आर्थीक अराजकताका साथै पार्टी भित्रै अर्को वर्ग पैदा हुने खतरा देखिएको समेत आरोप लगाएका छन् ।  उनले जनतामा समेत सवै माओवादीहरु एक हुनुपर्ने जनअपेक्षा रहेको भन्दै त्यसका लागी पनि पार्टी एकताको विकल्प नभएको बताएका छन् ।

नेता खड्काले सिंगो माओवादी आन्दोलनको पुर्नगठन  र उठानको लागी समेत सवै माओवादीहरु एक ठाउमा आउन  अपिल गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!