भैँसी गोठतर्फ गएका १८ बर्षिया युवक बेपत्ता

दुनै(डोल्पा) २२ साउन
डोल्पाको ठाँगे पाटनमा रहेको भैँसी गोठ जाने भनेर सदरमुकाम दुनैबाट हिँडेका १८ बर्षिया एक युवक एक साता देखि बेपत्ता भएकाछन् ।
बेपत्ताहुनेमा छिमेकी जिल्ला जाजरकोट स्थित त्रिवेण नलगाड नगरपालिका १२ औलगुत्ता ठेगाना भएका दिपेन्द्र शाही रहेको उनका आफन्त मोतीराम रावलले जानकारी दिनुभयो ।
साउन १५ गते देखि बेपत्ता भएका शाहीको सबैठाउँमा खोजी गर्दा समेत अहिलेसम्म फेला नपरेकाले जिल्ला प्रहरी कार्यालयमा खोजी गरिदिन भन्दै निवेदन समेत दर्ता गराएको रावलले बताउनुभयो ।
डोल्पामा दुग्धजन्य पदार्थहरु बिक्रिवितरणका गरेर आयआर्जन गर्नका लागि प्रत्येक बर्ष रुकुम जाजरकोटबाट पशुचौपाय सहित डोल्पाका घाँसे पाटनहरुमा सर्वसाधारणहरु आउने गर्दछन् ।

भेरीखवर संवादाता




सम्बन्धित समाचार


error: Content is protected !!