खोलाले पुल वगाएपछि सयौँ स्थानीयको आवतजावत अवरुद्ध

जाजरकोट – त्रिवेणी नलगाड नगरपालिका वडा नं. –५ स्थित चारवटा खोलामा बनाईएका ४ वटा काठेपुल बाढीले बगाउँदा यहाँको आवतजावत अवरुद्ध भएको छ । यहाँका स्थानीय संगै जुनी माविमा पढ्ने झण्डै डेढसय बालबालिका स्था बिहीबार देखि विद्यालय जानबाट बञ्चित भएका छन् ।
सिर्के खोलामा रहेको काठेपुल साउन १९ र २० गते राती परेको अविरल वर्षा संगै आएको बाढीले बगाएपछि त्रिवेणी नलगाड नगरपालिका –६ गर्छिनाका झण्डै ५५ जना बालबालिका जुनी मावि पढ्न जान, आउन समस्या भएको स्थानीय देवीभक्त घर्ती मगरले जानकारी दिनुभयो । खोलामा पानीको मात्रा वढेको कारण यहाँका सयौ मानिसहरु जाँने र आउने काम ठप्प भएको छ ।
त्यस्तै त्रिवेणी नलगाड नगरपालिका –६ स्थित हारेकाफल, लहरे खोला, छहरे खोलामा रहेका झण्डै तीनवटा काठेपुल बिहीबार राती नै परेको अविरल वर्षा संगै आएको बाढी र पहिरोले तीनवटा काठेपुल बगाउँदा बिरेन्द्र प्रावि भारगाउँ र गणेश प्रावि लबिसामा अध्ययनरत झण्डै ९५ जना बालबालिका विद्यालय जानबाट बञ्चित भएको शिक्षक रामबहादुर घर्तीले बताउनुभयो ।
यहाँका बालबालिका वर्षौ देखि काठेपुलबाट आवतजावत गर्ने गरेकोले बाढीले काठेपुल बगाउँदा आफ्ना बालबालिकाको पढाई प्रभावित भएको स्थानीय तारा बुढाले बताउनुभयो । जुनी मावि सिर्के जान करिब दुई घण्टाको ओरालो पार गर्नुपर्ने र बीचमा खोला तर्न आफूलाई समस्या भएको कक्षा नौ मा अध्ययनरत देवी सिंहले गुनासो गनुभयो । पानी पर्ने क्रम नरोएिकोले अझै क्षति हुँने सम्भावना वढेको छ । त्यस्तै कुशेगाउँपालिका वडा वडा ८ छान्ने खालाको वाढीले यहाँको पुल जोखिममा परेको छ भने माथी वाट आएको पहिरोले वाटो अवरुद्ध भएको छ । वाटो अवरुद्ध संगै यहाँका सयौँ स्थानीयहरु समस्यामा परेको स्थानीय अमृत गौतमले वताए ।
उच्च जाखिममा
त्रिवेणी नलगाड नगरपालिका –५ सिर्के स्थित जनकबहादुर सिंह, महेन्द्र शाही र प्रेम सिंहको घर बाढीको उच्च जाखिममा रहेका छन् । बिहीबार राती परेको वर्षातका कारण आएको बाढीले जनकबहादुर सिंहको घर अगाडीको पर्खाल बगाएको बाढी पीडित सिंहले बताउनुभयो । यसका साथै महेन्द्र शाही र प्रेम सिंहको घर बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
त्यस्तै घर वरपर रहेको झण्डैं २५ रोपनी खेत बाढीले बगाएको प्रहरीले जनाएको छ । २५ रोपनी खेत बाढीले बगाएपछि स्थानीयबासी अब के खाएर बाँच्ने भन्दै चिन्तित भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!