डोल्पामा गाँउपालिकाको केन्द्र बिवाद चुलियो,स्वास्थ्य चौकी तोडफोड,३ घाइते,कर्मचारी सुरक्षा घेरामा !

दुनै(डोल्पा) १० श्रावण
डोल्पाको मुड्केचुला गाँउपालिकाको केन्द्रको बिषयमा कुरा नमिले पछि बिबाद चर्किएकोे छ । केन्द्रको स्थान तोक्ने बिषयमा कुरा बाझिए पछि बैठक बसेको बेलामा स्थानीयले स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् ।
यस भन्दा पहिले गाँउकार्यपालिकाले निलदह भन्ने स्थानमा गाँउपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित भएको निर्णय हाम्रालागि अमान्य छ भन्दै वडा नँ ६ नर्कूका स्थानीयले साबिकको नर्कू गाविसमाहुनु पर्ने भनितोडफोड गरेका स्थानीयहरु बताउछन ।
इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकीको भवनमा बैठक बसेको बेला वडा नँ ६ का स्थानियले ढुङ्गामुढा गरे पछि स्थानीय ३ जना घाइते भएको र स्वास्थ्य चौकीको जस्तापाता,झयाल सिसा सबैमा क्षती भएको ईलाका प्रशासन कार्यालय इलले जानकारी दिएको छ ।
घाइते हुनेमा मुड्केचुला गाँउपालिका वडा नँ ३ कपिलदर बोहोरा,वडा ४ नर्कु हर्क बुढा र बिष्णु बुढा रहेका छन । घाइतेको अबस्था समान्य रहेको ईलाका प्रशासन कार्यालयले जनाएको छ ।
नर्कुका स्थानीयले हातपातगर्न खोजे पछि गाँउपालिकाका प्रम्रख,उपप्रमूख सहित ७ जना र गाँउपालिकाका कार्यकारी अधिकृत ईलाका प्रशासन कार्यालयमा सुरक्षित रहेको कर्मचारी मिनराज बुढाले जानकारी दिनुभयो ।
मुड्केचुला गाँउपालिकाको आर्थिक बर्ष ०७४÷०७५ को बजेट पारित भएको भएपनि वडा नँ ६ का स्थानीयले त्यो बजेट मान्य नह्ुने भन्दै फेरि बजेट पारित गनर््ु पर्ने नत्रभने गाँउपालिकाको केन्द्र आफुले भनेको स्थानमाहुने पर्ने माग राखेका छन ।
जनताले माग राख्नु स्वभाविकभएको र छिटै् राजनितिक सहमतिबाट समास्याको समाधानहुनेमा आफु बिश्वस्तभएको निमित्त प्रमूख जिल्ला अधिकारी मानबहादुर बुढाले बताउनुभयो ।
हालको इलकाप्रशासनको कार्यालय भएको ठाँउमा गाँउपालिकाका कर्मचारीहरु सूरक्षित रहेको र नर्कुमाजान इलका स्थानीयले नदिए पछि कर्मचारि पनि ईलकामा कार्यालयमा बसेको जिल्लाप्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक सुमित खड्गाले जानकारी दिनुभयो ।
गाँउपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिषयमा नै बिबाद चर्किए पछि जनताका अन्य सेवाप्रवाहरु पूरै रोकिएका छन । बहुमतले पारित गरेको केन्द्र केहि वडाले नमाने पछि बिवाद चुलिएको हो । सबैको पायक पर्ने सुरक्षित र भर पर्दो ठाँउमा सहमतिमा गाँउपालिकाको केन्द्र तोक्न आफुले आग्रह गरेको नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हंशबहादुर शाहीले बताउनुभयो ।

भेरीखवर संवादाता





error: Content is protected !!