अर्थभाव हुँदा जसले अस्पताल छाडे

जाजरकोट । यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा नं ३ का रविना सिंह वोहरा अहिले जीवन र मृत्यू संग जुझीरहनु छ । अर्थभाव हुँदा काठमाण्डौँवाट जाजरकोट ल्याईएको छ ।
करिव एक महिना काठमाण्डौँ टिचिङ्ग अस्पतालमा उपचार गरेर ३ लाख रुपैया खर्च भएपनि उपचारका लागि रकम नपुग्दा विरामी लाई घर ल्याएको उहाँका श्रीमान् राजेन्द्र वोहराले वताउनुभयो । तीन लाख रुपैया उपचारमा सकियो , घरमा भएको सवै सम्पती सकियो घर जग्गा कसैले किन्दैन कसरी उपचार गर्ने वोहराले भन्नुभयो । २१ वर्षीय रविनालाई हड्डीमा समस्य भएको उहाँले वताउनुभयो । उपचार गर्ने पैसा नहुँदा अव घरमै मर्ने भन्दै जाजरकोट ल्याईएको उहाँका श्रीमान्ले वताउनुभयो । घर जग्गा विक्री गर्दा पनि डाक्टरको कुरा सुन्दा कम्तिमा १४ लाख पैसा चाहिने भो , मेरो घर जग्गा विक्री गर्दा त्यो भन्दा कम नै हुन्छ अव म कसरी श्रीमती वचाउ उहाँले भन्नुभयो ।
दुई वर्षको सानो छोरी छ , म भारत कमाउन गएको थिए , श्रीमती विरामी भएको सुनेपछि घर आएको छु । कसैले सहयोग गरेमा मेरो श्रीमतीकोजीवन वच्ने थियो वोहराले भन्नुभयो ।
हेमन्त के सी रासस










