हिंसा पीडित महिलालाई सुरक्षित आवास गृह

सुर्खेत । यहाँको वीरेन्द्रनगर नगरपालिकाले हिंसा पीडित महिलाहरुका लागी हेल्प डेक्स सञ्चालनसंगै सुरक्षित आवास निर्माण गर्ने भएको छ । नगरको पहिलो नगरसभाले हिंसा पीडित महिलाहरुका लागी हेल्प डेक्स सञ्चालनसंगै सुरक्षित आवासका लागी व्यवस्था गर्ने लगायतका कार्यक्रमहरु पारित गरेको हो ।
नगरसभामा नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै नगर उपप्रमुख मोहन माया ढकालले साथै छोरी जन्म वचत कार्यक्रम, दलित तथा विपन्न महिलाका लागी आय आर्जन, महिलाले घर बनाए १० प्रतिशत छुट, महिला दलित तथा अपांगता भएका व्यक्तिहरु द्धारा सञ्चालित व्यापार व्यवसाय र उद्यमको करमा २० प्रतिशत छुट दिने लगायतका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो ।
त्यसैगरी सुरक्षित आमा कार्यक्रम आमा बा चौतारी कार्यक्रम, कटकुवा हेल्थ पोष्टलाई बालबालिका तथा महिला बिशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने, स्वास्थ्य स्वयमसेबिकाहरुको क्षमता अभिबृद्धि, एक घर एक महिला रोजगार, महिलाका लागि लोकसेवा कक्षा सञ्चालन, निबृत्त स्वास्थ्य स्वयमसेविकाहरुलाई बिशेष सुविधा लगायतका कार्यक्रमलाई नगरपालिकाले अघि सारेको छ । साथै नगरपालिकाले सुरक्षित प्रसुती गृह र खोपकेन्द्रहरुको व्यवस्था गर्ने, नगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ का लागी निति तथा कार्यक्रम र बजेट पारित गरको छ ।
शनिबार भएको पहिलो नगरसभावाट कुल ६५ करोड ५४ लाख ३ हजार वजेट विभिन्न शीर्षकमा विनियोजन गरिएको हो । नगरपालिकाले आन्तरिक राजस्व ५ करोड २९ लाख ९८ हजार र अन्तर स्थानिय वित्तिय हस्तान्तरणको ६० करोड २४ लाख ५ हजार रुपया विनियोजन गरको छ । नगरपालिकाले २९ करोड १९ लाख वजेट पुँजिगत तर्फ छुट्याएको छ ।
नारीजागरणवाट ।





error: Content is protected !!