२१ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कुन उम्मेदवारले जिते ? (नामावलीसहित)

काठमाडौं– बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार सबा तीन बजेसम्मको मतगणना अनुसार २१ स्थानीय तहको नतिजा प्राप्त भएको छ । जसमा एमाले १० स्थानमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ भने कांग्रेस ७ स्थानीय तहमा जित दर्ता गर्दै दोस्रो स्थानमा छ । यसैगरी माओवादी केन्द्र ४ स्थानमा जित हात पार्दै तेस्रो स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार ८ स्थानीय तहबाहेक बाँकी सबै स्थानमा मतगणना जारी रहेको छ ।












