सूचना

जिल्ला समन्वय समितिको कार्यालय जाजरकोटको आ.व. २०७३÷०७४ को चालु खर्चतर्फको खाता मिति २०७४/०३/२० गते र पूँजीगततर्फको खाता २०७४/०३/२५ गते बन्द हुने भएकाले यस कार्यालयबाट आ.व. २०७३/०७४ मा सम्झौता भइ कार्य सुरु गरेका सडक, सिँचाइ, खानेपानी, जलविद्युत, भवन निर्माण उ.स.हरु र लक्षितसमूह विकास कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र अन्य विविभन्न कार्यक्रम सञ्चालन गर्ने कार्यालय, संघसंस्था, कर्मचारी र व्यक्तिहरुबाट सञ्चालित कार्यक्रमहरु अनुगमन तथा मूल्यांकन गर्न टोली खटिइ सकेको हुँदा सो अनुगमन टोलीलाई योजना अनुगमन गराइ यथाशीघ्र कार्यसम्पन्न गरी यही मिति २०७४ साल असार २० गतेभित्र चालु प्रकृतिका कार्यक्रम र मिति २०७४÷असार २५ गतेभित्र पूँजीगत प्रकृतिका कार्यक्रमको कार्यसम्पन्न गरेको बिलभरपाई, प्रगति विवरण, गाउँ÷न.पा. को सिफारिस पत्र, उ.स. गठन गर्दा गठन गरिएको अनुगमन समितिको निर्णयसहितको सिफारिस पत्र र तस्वीरहरु समेत पेश गरी भुक्तानी लिनु हुन जानकारी गराइन्छ । तोकिएको मितिभित्र कार्यसम्पन्न गरी भुक्तानी नलिएमा कार्यालय जवाफदेही नहुने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।
रुद्रप्रसाद पण्डित
(स्थानीय विकास अधिकारी)










