भोट माग्दै ८० बर्षीय ‘भयङ्कर बाजे

बैतडी : उमेरले ८० बर्ष नाघे पनि अनुहारमा उस्तै चमक छ, सिगास गाउँपालिका २ गाँजरीका देवसि’ह धामी ‘भयङ्कर बाजे को। घर घरमा गएर भोट माग्न भ्याई नभ्याई छ उहाँलाई। उहाँको यो दौडधुप अरु कुनै पार्टीका लागि होइन। उहाँ आफै गाउँपालिका अध्यक्षका उम्मेदवार हुनुहुन्छ। माओवादी समर्थक भएपनि पार्टीले टिकट नदिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। 
६८ वर्षको उमेरमा माओवादी युद्धमा लागेर रोल्पा रुकुम पुग्नुभएका देवसि’ह धामीको शाहस देखेर स्थानीयले उहाँको नामै ‘भयङ्कर बाजे राखिदिएका हुन्। ‘७० वर्षको उमेरमा रोल्पा रुकुम पुगेर युद्ध लडियो, जनताका इच्छा आका’क्षा पूरा गर्ने प्रतिबद्धता गरियो। तर पार्टीले टिकट दिएन। त्यसैले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको हुँ’, उहाँको गुनासो छ।
सिगास गाउँपालिकाका हरेका वडाका समस्यास’ग आफू परिचित भएको दावी गर्दै ‘भयङ्कर बाजे भन्नुहुन्छ, ‘यहाँको मुहार फेर्नका लागि म बाहेक अरु कसैले सक्दैन।
आफ्नो उमेरका व्यक्तिहरु थोरै भएपनि उनीहरुको अवस्था नाजुक रहेको र राज्यले उचित सम्मान गर्न नसकेको उहाँको भनाइ छ। ‘बृद्धहरुको सम्मानका लागि पनि मैले उम्मेदवारी दिएको हुँ, आफ्नो उम्मेदवारीबारे थप प्रष्ट्याउँदै भन्नुभयो, ‘उमेर बुढो भएपनि मेरो काम गर्ने इच्छाशक्ति बुढो भएको छैन। समृद्ध सिगास गाउँपालिकाको लागि मेरो उम्मेदवारी हो।
निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएपछि उहाँको दैनिकी निकै व्यस्त छ। चुनावी प्रचारप्रसारमा नै उहाँको दैनिकी बित्छ। आफ्नो उम्मेदवारीप्रति सर्वसाधारण पनि खुसी रहेकाले सबैको समर्थन पाउने विश्वास छ, ‘भयक’र बाजेको।
उहाँले जीवनको उत्तराद्र्धमा राजनीति मार्फत समाजसेवा गर्ने आफ्नो चाहना गरेको बताउदै भन्नुभयो, ‘मेरो सानै उमेरदेखि समाज सेवा गर्ने रुची हो। मैले सानै उमेरदेखि समाजसेवा गर्दै पनि आएको छु। गाउँपालिकाको नेतृत्व जनताले मलाई दिए निस्वार्थ रुपमा सेवा गर्नेछु।










