खानेपानी योजनाको पैसा लगेर उपभोक्ता समिति भारत

जाजरकोट । तीनलाख पेश्की रकम निकासा गरेर बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ठेम्नी मेला खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष फरार भएका छन् । आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने भनेर निकासा गरेको पेश्की रकम सहित अध्यक्ष फरार भएका हुन् ।
संसद विकास कोषवाट १० लाखमा आयोजना सम्पन्न गर्न बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ठेम्नी मेला खानेपानी आयोजना उपभोक्ता समितिले जिल्ला समन्वय समिति, जाजरकोटसंग एक महिना अघि सम्झौता गरेको थियो । आयोजना निर्माणका लागि कार्यालय संग सम्झौता गरिसकेको उपभोक्ता समितिलाई तीनलाख पेश्की रकम निकासा दिएको स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले जानकारी दिनुभयो ।आयोजनाको निर्माण कार्य सम्पन्न गर्न भनेर तीन लाख पेश्की रकम निकालेका उपभोक्ता समितिका अध्यक्ष जसवीर रावत हाल सम्म फरार अबस्थामा रहेको बारेकोट गाउँपालीका–४ जिरीका विष्णुबहादुर रावतले जानकारी दिनुभयो ।
तीनलाख पेश्की रकम निकालेर हाल सम्म फरार अबस्थामा रहेका ठेम्नी मेला खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष जसवीर रावत सहित खाता सञ्चालनमा रहेका समितिका अन्य पदाधिकारीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयसंग अनुरोध गरि सकेको स्थानियविकास अधिकारी पण्डितको भनाई रहेको छ ।उपभोक्ता समितिको खातावाट तीनलाख रुपैया निकालेर हाल सम्म सम्पर्क बिहिन अबस्थामा रहेका जसवीर रावत कालापहाड पुगेको भन्ने बुझिएको स्थानियविकास अधिकारीले वताउनुभयो ।
बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ठेम्नी मेला खानेपानीआयोजना छनोट गर्नु मा कर्मचारी तथा जनप्रतिनीधिहरुको कुनै पनि दोष नभएको स्थानियविकास अधिकारीको भनाई रहेको छ ।उक्त खानेपानी आयोजनालाई उपभोग गर्ने जिरीका अन्य नागरिकहरु पनि कुनै दोष नभएको स्थानियविकास अधिकारीले वताउनुभयो । पेश्की रकम निकालेर आयोजना निर्माण गर्नुको सट्टा सम्पर्क बिहिन अबस्थामा बस्ने जसवीर रावत लगाएत उपभोक्ता समितिको खाता सञ्चालनमा बस्ने पदाधिकारीको मुख्य दोष रहेको स्थानियविकास अधिकारीले ठोकुवा उहाँले वताउनुभयो ।
जसवीर रावत सम्पर्क विहिन अबस्थामा रहेपछि उक्त खानेपानी आयोजना निर्माण गर्नको लागि अर्को उपभोक्ता समिति गठन गरेर त्यहाँका नागरिकहरु आफुसंग आई पुगेको स्थानियविकास अधिकारीले जानकारी दिनभयो । बिष्णुबहादुर रावत अध्यक्ष रहेको अर्को उपभोक्ता समितिलाई जसवीर रावतले लिएको तीनलाख पेश्कीको श्रोत भर्ना गर्ने सर्तमा उक्त खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने सम्झौता हुन लागेको स्थानियविकास अधिकारी रुद्रप्रशाद पण्डितले जानकारी दिनुभयो ।








