खजुरा गाउँपालिका माओवादीमय बन्दै, मालेका अध्यक्ष पदका उम्मेदवार नै माओवादीमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका माओवादी केन्द्रमय बन्दै जान थालेको छ । माओवादी केन्द्रका युवा नेता डम्बर विक तुफानलाई गाउँपालिको अध्यक्षका उम्मेदवार भएपनी अहिले खजुरा माओवादीमय बन्दै गएको हो । आइतबार मनोनयन दर्ता गर्नुभन्दा केही समय पहिले नेपाल कम्युनिस्ट पार्टी (लेनिनवाद–मार्सबाद) मालेबाट खजुरा गाउँपालिका प्रमुखका लागि टिकट पाउनुभएका टीका देबि सापकोटा लगायत लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको सख्ङ्या खजुरा गाउँपालिकामा बढ्दै जान थालेको छ ।
आइतबार नै मनोनयन दर्ता गर्नुभन्दा केही अगाडि नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलहरु परित्याग गरेर सयौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
उहाँहरुलाई पूर्व गृह मन्त्री शक्ति बहादुर बस्नेत, खजुरा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर बिक तुफान, खजुरा गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष शालिकराम खड्का लगायतका नेताहरुले भव्य स्वागत गर्नुभएको थियो ।







