सशस्त्रमा मध्यरातमा पाच जना एसएसपी डिआईजी बढुवामा सिफारीस गृहमन्त्री शर्मालाई पहिलो गास मै ढुंगा

काठमाण्डौ– शसस्त्र प्रहरी बलमा पाच जना एसएसपीहरु मध्यरातमा डिआईजीमा बढुवा सिफारीस भएका छन् । सशस्त्रमा पाच जना डिआईजीको दरवन्दी लामो समयदेखी रिक्त रहेको थियो । डिआईजीमा बढुवा सिफारीस  हुनेमा एसएसपीहरु चिरन्जीवी अधिकारी, नगेन्द्र बहादुर थापा, राजुराम सुवाल,प्रविण श्रेष्ठ र  कविन्द्रमान श्रेष्ठ रहेका छन् ।

स्रोतकाअनुसार एसएसपी नागेन्द्र थापाले बढुवामा ठुलो रकम वुझाएका छन् । उनी आर्थीक प्रशासन महाशाखाको प्रमुख समेत हुन । थापाको बढुवाको लागी आईजी सिंहबहादुर श्रेष्ठ र पूर्व आईजिपी कोषराज वन्तले जोडवल गरेका थिए । अर्का एसएसपी प्रविण श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले डिआईजी बढुवा गर्न दवाव दिएपछि एसएसपी रामप्रसाद श्रेष्ठको नाम छुटेको छ । बढुवाको लागी वरियता र कार्यसम्पादन दुवै हेर्नुपर्ने आवाज संगठन भित्र उठेको थियो । यसपटकको बढुवामा वरियता र कार्यसम्पादन मुल्याङकनलाई आधार मानिएको छ । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायको बढुवा सरुवामा राजनितिक दवाव नमान्ने बताएपनि सशस्त्रको डिआईजीको बढुवामा राजनितीक दवावले काम गरेको देखिन्छ । डिआईजी बढुवाको लागी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गृहमन्त्री शर्मा र गृहसचिव लोकदर्शन रेग्मीलाई आफु निकटलाई बढुवा गर्न दवाव दिएको स्रोतको दावी छ । गृहमन्त्री जनार्दन शर्माले बढुवा प्रक्रिया छिटो अघि बढाउन सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएपछि बढुवा प्रक्रियाले गति पाएको हो । सशस्त्रमा रिक्त ५ जना डिआईजीको लागी १० जना एसएसपीहरु बढुवाको दौडमा थिए । सशस्त्रमा डिआईजी बढुवाको लागी एसएसपी प्रजा भक्त, राजु सुवाल,संजय राणा,चिरन्जीवी अधिकारी,प्रविण श्रेष्ठ,भरत श्रेष्ठ,नगेन्द्र थापा,कविन्द्रमान श्रेष्ठ,रामप्रकाश श्रेष्ठ,राजु अर्याल र नाराणदत्त पौडेल प्रतिस्पर्धामा थिए ।

डिआईजी बढुवाको लागी बढुवा समितीको वैठक पटक–पटक बसेपनि राजनितीक दवावका कारण डिआईजी बढुवा रोकिएको थियो । सशस्त्रको बढुवा नियमावलीअनुसार बढुवाको लागी सिफारीस गर्दा कार्यक्षमता मूल्याङकनको आधारमा गर्नुपर्ने उल्लेख छ । सशस्त्रको नियमावलीमा कार्यसम्पादन मुल्याङकनवाफत ४० , जेष्ठतावापत २०, शैक्षिक योग्यतावापत ७ , तालिमवापत १३, चुनौतीपुर्ण \विशेष जिम्मेवारी वापत ५, भौगोलिक क्षेत्रमा काम गरे वापत ८,विभुषणवापत २ र बढुवा समितीले दिने अंङ्कवापत ५ नम्वर दिन पाउने व्यवस्था   छ ।

http://muldharnews.com




सम्बन्धित समाचार


error: Content is protected !!