दोस्रो चरणको निर्वाचनपछि कांग्रेस नै पहिलो पार्टी बन्छ ः नेता रमेश लेखक

ललितपुर । नेपालीकाँग्रेसकाकेन्द्रीय सदस्यएवं स्थानीयतहनिर्वाचन २०७४प्रचारप्रसार उपसमितिका संयोजकरमेश लेखकले काँगे्रसमाथिनेपालीजनताको अपार विश्वास र साथ रहेकाले दोस्रो चरणको निर्वाचनको परिणाम आएपछि नेपालीकांग्रेस नै मुलुकको सबैभन्दा ठूलो र बढी स्थानजित्ने पार्टी बन्ने सुनिश्चितभएको बताउनुभएको छ ।
स्थानीयतहनिर्वाचनलक्षितनेपालीकाँग्रेसको क्षेत्रीय मिडिया डेस्कको बिहीबार नेपालगञ्जमाउद्घाटन गर्दै पूर्वमन्त्रीलेखकले काँग्रेस बिनाअग्रगामी परिवर्तन र विकास सम्भवनभएको आमजनताले बुझेको बताउनुभयो ।उहाँले काँगे्रसले जिते मुलुकजित्ने, राष्ट्रिय एजेण्डा स्थापतिहुने भएकाले जनताकाँगे्रसलाई मतहाल्नआतुर भएको उल्लेख गर्नुभएकोथियो । “ पहिलो संविधानसभाको निर्वाचनमाकाँग्रेस हारेकोले संविधानआएन,दोस्रो निर्वाचनमाकाँग्रेसले जितेकाले संविधानआयो”पूर्वमन्त्री लेखकले भन्नुभयो ।
नेकपाएमाले र माओवादीले काँग्रेसले के ग¥यो ?भन्ने प्रश्न गरे, डटेर जवाफदिन समेतउहाँले आफ्ना नेताकार्यकर्तालाई निर्देशनदिनुभयो । लोकतन्त्रमाविश्वास राख्ने पार्टी भएकोले नैहिंसात्मकद्वन्द्वमालागेकोमाओवादीलाई नेपालीकांग्रेसलेविचारको राजनितिमाल्याएकोउहाँलेउल्लेख गर्नुभयो । बाँकेमाकाँगे्रसको वेग्लै इतिहास र योगदानभएको उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले योग्य र जुझारु व्यक्तिले टिकल पाएकाले काँग्रेसकाउम्मेदवारले जित्ने सुनिश्चितता रहेको उल्लेख गर्नुभयो ।
काँग्रेस बाँके प्रचार विभागप्रमुखकपिलशर्माको सभापतित्वमाभएको सोकार्यक्रममा पार्टी सभापतिकिरण कोइराला, काँगे्रसकातर्फबाट नेपालगञ्जउपमहानगरपालिकाका मेयर उम्मेदवार डा सुरेश कनौडिया, उपमेयर उम्मेदवार उमाथापा, नेपाल पे्रस यूनियनमहासचिवअजयशिवाकोटी, पे्रस यूनियनबर्दिया अध्यक्षविनयराज भण्डारी, प्यूठान सभापतिश्रीराम भण्डारी, दागअध्यक्ष सुशिल वस्नेत लगायतले शुभकामनामन्तव्यव्यक्तगर्नुभएको थियो । काँग्रेस बाँके प्रचार विभागको आयोजनमाभएको कार्यक्रममा स्वागतकाँगे्रस बाँके सचिवतप्तपौडेलले गर्नु भएको थियो ।
यसैबीच नेपाल प्रेस यूनियनबाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममाउहाँले काँगे्रसकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न गरेर संविधानकार्यान्वयनगर्ने जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ । उहाँले संविधान संशोधन गरेर भएपनि सबैको स्वीकार्य संविधानबनाउने दायित्वकाँगे्रसको काँधमाआएको बताउनुभयो ।







