उत्तर कोरियाः जहाँ कैदीले आफ्नो चिहान आफैं खन्छन्

स्टिभन इभान्स / बीबीसी

उत्तर कोरियामा कैदीहरुसँग कतिसम्मको क्रुर व्यवहार हुन्छ त्यो कसैसँग लुक्न सकेको छैन ।

उत्तर कोरियामा जब कुनै विदेशी कैदीलाई पक्राउ गरिन्छ तब अपराध र बाध्यता सहनुका साथै जर्बजस्ती मजदुरी पनि गर्नुपर्ने हुन्छ ।

यस्ता पनि घटना छन् जसमा उत्तर कोरियाली जेलमा पाएको यातनाबाट मानिसहरु अहिलेसम्म बाहिर निस्कन सकेका छैनन् । वर्षौं पछि पनि यी मानिसहरु यसबारे कुरा गर्ने हिम्मत जुटाउन सक्दैनन् ।

तर केहीले भने विस्तारपूर्वक आफ्ना अनुभव सार्वजनिक गरेका छन् ।

धार्मिक सजायँ पाइयो, १५ वर्षको सजायँः

डिसेम्बर सन् २०१२ । कोरियाली अमेरिकी क्रिश्चियन मिशनरी केनेथ बेमाथि उत्तर कोरियाले ‘रिपब्लिकका विरुद्ध शत्रुतापूर्ण गतिविधी’ मा समावेश भएको आरोप लगाउँछ ।

केनेथ थुप्रैपटक उत्तर कोरिया गइसकेको थिए । तर सन् २०१२ मा उनको यात्राको क्रममा उनीसँग सोधपुछ गरियो । केनेथसँग धार्मिक सामग्रीले भरिएको हार्डडिस्क थियो ।

यो ‘अपराध’ का लागि केनेथलाई १५ वर्षसम्म जर्बजस्ती मजदूरी गर्ने सजायँ तोकियो । तर खराब स्वास्थ्यका कारण उनलाई सन् २०१४ नोभेम्बरमा उनलाई जेलमुक्त गरियो ।

कोमामा हुँदा घर फिर्ताः

यस्तै एक घटना २२ वर्षका अमेरिकी छात्रा ओट्टो वार्मबियरको छ । सन् २०१२ को मार्चमा ओट्टोलाई एक होटलमा बिलबोर्ड चोर्ने कोसिस गरेको आरोपमा १५ वर्षको कठिन मजदुरी गर्ने सजायँ सुनाइयो ।

जून १३ तारिखमा ओट्टो जेलमुक्ता भएर अमेरिका फर्किएका छन् तर उनी कोमामा छन् ।

जेलमुक्त भएपछि केनेथले आफ्नो पूरा अनुभव लेखेका छन् । जुन यस्तो प्रकारको छः

मसँग उत्तर कोरियामा कैद भएको एक वास्तविक कहानी छ जसलाई म कहिले पनि बिर्सन सक्दिनँ ।

पक्राउ परेको सुरुवाती चार हप्तासम्म बिहानको ८ बजेदेखि राती १०–११ बजेसम्म मलाई सोधपुछ गरिन्थ्यो ।

उक्त सोधपुछमा मैले सयौं त्यस्ता अपराधको कबूलनामा हस्ताक्षर गरें जुन मैले कहिले पनि गरेकै थिइनँ ।

म हप्ताको ६ दिन एक फार्ममा काम गर्दथें । जहाँ मेरो काम ठूल्ठूला ढुङ्गालाई उठाउनु र सावेलले कोइला उठाउनु थियो ।

मलाई सधैं बिहान ६ बजे उठ्नुपर्दथ्यो । नास्ता र उपासना गरेपछि मैले आठ बजेदेखि बेलुकी ६ बजेसम्म काम गर्नुपर्दथ्यो ।

तिमीलाई कसैले हेरबिचार गर्दैनन्ः

७ सय ३५ दिनको कैदमा केनेथको करिब २७ किलो तौल घट्यो । तौल कम भएकाले केनेथको स्वास्थ्य दिनदिनै बिग्रँदो थियो । थुप्रै पटक उनलाई उपचारको लागि स्वास्थ्य संस्था पुर्याइयो ।

शारिरिक समस्या र आँसुका साथै मनोवैज्ञानिक समस्या पनि कम थिएन । क्यानेथलाई सोधपुछ गर्ने क्रममा एक उत्तर कोरियाली नागरिकले भने, ‘तिमीलाई कसैले हेरबिचार गर्दैनन् । न तिम्रो सरकार, न तिम्रा मानिसहरु । अर्को १५ वर्षसम्म तिमी यहाँ नै रहन्छौ । जब तिमी घर फर्किन्छौ त्यतिबेलासम्म ६० वर्ष पुगिसकेका हुन्छौ ।’

क्यानेथ भन्छन्, ‘म आफूलाई एक किराको रुपमा महसुस गर्दथें जो माकुराको जालमा फसेको छ । मेरो स्थिती दिनानुदिन खस्कँदो अवस्थामा थियो जसले उन्मुक्तिको बाटो पाएको थिएन ।’

यद्यपी, थुप्रै महिना कैद जीवन बिताएपछि केनेथलाई आफ्नो इमेल र मेसेज हेर्न अनुमती दिइयो ।

अमेरिकी छात्र ओट्टो वार्मबियर अहिलेसम्म कोमामा छन् । कैदी नमरोस्, रिहा गर’

६२ वर्षका किम डोंग–चुल उत्तर कोरियामा पक्राउ परेका तीन अमेरिकीमध्ये एक हुन् ।

जेलमा बस्दा उनको स्वास्थ्य निकै बिग्रिएको थियो । उनी मर्ने स्थितीमा पुगिसकेका थिए । जेलमा नै उनको मृत्यु भए कूटनीतिक समस्या झेल्नुपर्ने डरले उत्तर कोरियाले उनलाई ओट्टोजस्तै रिहा गर्ने निर्णय गर्यो ।

संसारको सबैभन्दा भयानक जेलः

अमेरिकी नागरिक केनेथ मूल रुपमा दक्षिण कोरियाका हुन् र उनी कोरियाली भाषा बोल्छन् ।

एक कैदीको रुपमा ममाथि जस्तो व्यवहार भइरहेको थियो त्यो ती उत्तर कोरियाली कैदीलाई गरिनेभन्दा थुप्रै गुणा राम्रो थियो जसलाई उनीहरुको अपराधका कारण असंख्य क्याम्पमा राखिएको थियो ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार उत्तर कोरियाली जेल संसारको भयानक जेलमध्येको एक हो । एमनेस्टी इन्टरनेशनलका अनुसार हज्जारौं मानिसहरु – जसमा बच्चा पनि संलग्न छन्– उनीहरुलाई राजनीतिक जेल क्याम्प र उत्तर कोरियाको कैदखानामा राखिन्छ । यीमध्ये कतिले त केही अपराध पनि गरेका हुँदैनन् ।

आफ्नो चिहान आफै खनः

एम्नेस्टीले यी जेल क्याम्पको एरियल फोटोग्राफीमार्फत यो पत्ता लगायो कि एक क्याम्प वासिङ्टनभन्दा तीन गुणा ठूलो छ जसमा २० हजारलाई कैदमा राखिएको छ ।

एक पूर्व अधिकारीका अनुसार बन्दीहरुलाई आफ्नो चिहान आफैलाई खन्न पनि बाध्य बनाइन्छ । सजायँ दिने नाममा बलात्कार गरिन्छ र त्यसपछि पीडित गायब हुन्छन् ।

केनेथले कोरियाली भाषा जानेका कारण त्यहाँका मानिससँग कुरा गर्दथे । उनी भन्छन्, ‘उत्तर कोरियाका मानिसहरु अमेरिकाको ‘डार्क लाइफ’ को कुरा गर्दछन् जहाँ ९९ प्रतिशत मानिस गरिब छन् । ’

केनेथले जब ती मानिसहरुलाई अमेरिकामा धेरैजसो मानिसहरुसँग आफ्नै घर र एक कार हुन्छ भन्ने जानकारी दिए तब त्यहाँका मानिसले भने, ‘यो हुनै सक्दैन’ ।





error: Content is protected !!