जाजरकोटको मत परिणाम यस्तो छ , भेरी नगरपालिकामा सि.पी. घर्ती र भावना भण्डारी जितको नजिक । मतगणनामा विवाद अझै मिलेन ।

जाजरकोटका विभिन्न गाउ पालिका मध्य कुशे गाउ पालिका , भेरी नगरपालिका , र वारेकोट गाउ पालिकाको मतगणना सकिएको छ । जस अनुशार कुशे गाउ पालिकामा अध्यक्षमा नेपाली काग्रेसका हरिचन्द्र वस्नेत र उपाध्यक्षमा राम छाया शाही विजयी भएका छन । यसै गरी हिजो सम्पन्न भएको वारेकोट गाँउ पालिकाको अध्यक्षमा नेपाली काग्रेसका महेन्द्र शाहले २१४८ मत प्राप्त गरि विजयी वन्नु भएको छ ।
भने वहाका निकटतम प्रतिद्धन्ति नेकपा माओवादी केन्द्रका तिलवक रावतले २१२९ मत प्राप्त गर्नु भएको छ यस्तै
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका २२२४ भोट ल्याएर विजयी हुनुभएको छ । उपाध्यक्षका प्रतिद्धन्द्धी गिता सिंहले २१५७ भोट ल्याएर पराजित हुनुभएको छ । वार्ड अध्यक्षहरुको अवस्था यस्तो रहेको छ ,
१ द्वारिका बुढा नेपाली कांग्रेस
२कर्न नेपाली माओवादी केन्द्र
३ मुन ब शाही नेकपा एमाले
४ सिर्जना बस्नेत माओवादी केन्द्र
५ अजबिर सिंह नेकपा एमाले
६ तिलक महातरा नेपाली कांग्रेस
७ वसन्त शाही माओवादी केन्द्र
८ लाल्भक्त सिंह नेपाली कांग्रेस
९ससिराम गौतम माओवादी केन्द्र
जिल्लाको भेरी मालिका नगरपालिकाको एक वडामा खसेको मत भन्दा वढी मतपत्रहरु भेटिएपछि विवाद हुदा मत गणना अगाडि वढ्न सकेको छैन । भेरी नगरपालिकाको वडा नं ५को मतगणना गर्ने क्रममा मतपत्रहरुको संख्या रुजु गर्ने क्रममा ९ वटा मत वढी भेटिएपछि विवाद भएको छ । कुल खसेको मत मध्य ९ मत वढी देखिएपछि गणना रोकिएको र छलफल भैरहेको जिल्ला निर्वाचन अधिकारी हरि वहादुर वुढाथोकिले जानकारी दिनु भयो ।
उनले ५ नम्वर वडाको गणना रोकेर अन्य वाकी वडाको गणना भइरहेको वताउनु भएको थियो । यस वारेमा मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीलाइ सम्पर्क गर्दा फोन रिसीभ भएन ।
वढी मत पत्र भेटिएको वारे सर्वदलीय वैठक गरेर विवाद मिलाउने प्रयास हिजो वेलुका देखि भए पनि हिजो निष्कर्षमा पुग्न सकिएको थिएन । अहिले छलफल हुने वताइको छ ।
नगरपालिकाको वडा नं ५ मा जम्मा मतदाता संख्या एक हजार ९२ मध्य ८ सय ९३ मत खसेको थियो । गणनाको हिसाव गर्दा ९वटा मतपत्रहरु वढी भेटिएका थिए ।
गणना गर्दा ९ मत वढी देखिएपछि काग्रेसका एजेन्टले विरोध जनाएपछि गणना रोकिएको छ । भेरी नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमालेका सिपी घर्तीको २ हजार ९ सय ५० , काग्रेसका सनतकुमार कार्कीको २ हजार ९ सय २९ र माओवादी केन्द्रका ढकवीर रानाको २ हजार ६ सय ६ रहेको छ ।
सार्वजनिक भएको यो मत पछि वाकी मत गणना अनुशार प्रारम्भिक जानकारी पछि भेरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार अग्र स्थानमा देखिएका छन भेरी नगरपालिकाको मेयरमा एमाले जिल्ला सचिव समेत रहेका युवा नेता सीपी घर्ती विजयको नजिक पुगेको स्रोतले जनाएको छ ।
उपमेयरमा पनि एमालेकै भावना भण्डारी अगाडि हुनु हुन्छ उहा संग माओवादी केन्द्रकी सुजाता शर्मा निकटम प्रतिद्धन्द्धी रहनु भएको छ ।
अहिले सम्म मतगणना सकिएका ३ गाउ पालिका मध्य कुशे गाउ पालिकामा नेपाली काग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ जस अनुशार अध्यक्षमा हरिचन्द्र वस्नेत र उपाध्यक्षमा रामछाया शाहीले विजयी भएका हुन ।
यस्तै शिवायल गाउ पालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ जस अनुशार अध्यक्षमा नरेन्द्र शाही र उपाध्यक्षमा कुमारी थापा विजयी हुनु भयो ।
यस्तै छेडागाड नगरपालिकामा नेकपा एमालेका लाल वहादुर महताराले ४०० मतले लिड गर्नु भएको छ भने नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्रका टेक वहादुर रावलले पनि ६ सय मतले लिड गर्नु भएको छ , जुनि चादे गाउ पालिकामा अहिले सम्म जारी मतगणना अनुशार नेकपा माओवादीले २२० मतले लिड गरेको छ ,
मतगणनामा अन्य गाँउ पालिका भन्दा जुनी चादे गाँउ पालिकामा जनशक्ति कम भएकोले गणना गर्न निकै ढिला भएको हाम्रा सहकर्मीले वताएका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!