वीरेन्द्रनगरको मतगणना सुरु

सुर्खेत  । प्रदेश नम्बर ६ को सबैभन्दा ठुलो नगरपालिका वीरेन्द्रनगर नगरपालिकाको मतगणनना सुरु भएको छ ।
बिबिध कारणले ढिला भएको वीरेन्द्रनगरको मतगणना अहिले भर्खर सुरु भएको हो । हालसम्मको नतिजाअनुसार सुर्खेतका पाँचवटा नगरपालिकामध्ये तीनवटा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।
यस्तै एक नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता छ । अहिलेसम्म पञ्चपुरी नगरपालिकामा एमालेका मनबहादुर विकको ४८, कांग्रेसका उपेन्द्रबहादुर थापाको २६ र माओवादी केन्द्रका धनबहादुर विकको चार मत रहेको छ।
यस्तै गुर्भाकोट नगरपालिकाको मेयरमा नेकपा एमालेका देवबहादुर खत्रीको ५८, नेपाली कांग्रेसका हस्त पुनको ३३ र माओवादीका हीराबहादुर थापाको पाँच मत रहेको छ। लेकवेसी नगरपालिकाको मेयरमा एमालेका गगनसिंह सुनारले एक हजार २१, नेपाली कांग्रेसका उमेश पौडेलले ४४० र माओवादी केन्द्रका खड्गबहादुर घर्तीले १३४ मत प्राप्त गरेका छन्।
नेकपा माओवादी केन्द्रले अग्रता लिएको भेरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रका कृष्ण गिरीको २६५, नेपाली कांग्रेसका भुपेन्द्रबहादुर चन्दको २३६ र नेकपा एमालेका यज्ञ ढकालको २०५ रहेको छ। सिम्ता गाउ पालीकामा कुन वडाबाट पहिले मत गन्ने भन्ने बिषयमा बिवाद भैरहेको छ ।
नेपाली काग्रेसले वडानम्बर १० बाट गनणा सुरु गर्ने र एमालेले वडानम्बर १ बाट गणना सुरु गर्ने भन्ने बिवादका कारण अहिलेसम्म मतगणना हुन नसकेको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!