५७ प्रतिशतसम्म मत खस्यो, कुन जिल्लामा कति ?

काठमाडौंसहित ३४ जिल्लामा भइरहेको स्थानीय तह निर्वाचनमा ५७ प्रतिशतसम्म मत खसेको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान अहिलेपनि जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब ५७ प्रतिशतसम्म मत खसिसकेको छ । मध्यान्ह साढे १२ बजेसम्म सबैभन्दा कम ३० प्रतिशत र सबैभन्दा बढि ५७ प्रतिशत मत खसेको छ ।

सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा अहिलेसम्म मतदानको कार्य सुरु हुन सकेको छैन । त्यहाँ मतदान सुरु गराउन सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ ।

 

सि.नं. जिल्ला प्रगति प्रतिशत
दोलखा ३५
रामेछाप ३७
सिन्धुली ४०
काभ्रेपलान्चोक ४०
सिन्धुपाल्चोक ४०
रसुवा ४०
नुवाकोट ३५
धादिङ ३०
चितवन ५०
१० मकवानपुर ३०
११ भक्तपुर ४०
१२ ललितपुर ४०
१३ काठमाण्डौ ४५
१४ गोरखा ४०
१५ जाजरकोट ४७
१६ लमजुङ ५७
१७ तनहुँ ५०
१८ कास्की ५०
१९ मनाङ ५६
२० मुस्ताङ ५२
२१ पर्वत ५०
२२ स्याङजा ४५
२३ म्याग्दी ४०
२४ वाग्लुङ ४०
२५ नवलपरासी ४२
२६ सल्यान ४५
२७ डोल्पा ५५
२८ जुम्ला ३५
२९ मुगु ३५
३० हुम्ला ४५
३१ कालिकोट ४५
३२ दैलेख ५५
३३ सुर्खेत ५०
३४ रुकुम ४५

 





error: Content is protected !!