माओवादी केन्द्र रुकुमका उम्मेदवारमा, युद्धपत्रकारदेखि जनसेना कमाण्डरसम्म

मेगराज खड्का-  रुकुम : रुकुममा द्वन्द्वकालदेखि शान्ति स्थापनाको दशकसम्म पनि नेकपा माआवादीको आधार इलाकाको रुपमा लिइएको छ। द्वन्द्वक्रममा रुकुमेली जनताकै बलमा जनयुद्ध सुरु गरियो भने शान्ति स्थापनापछि भएका दुई संविधानसभा चुनावमा पनि माओवादीकै उम्मेदवारहरु रुकुमका दुवै निर्वाचन क्षेत्रमा भारी मतका साथ विजयी भए। जसका काण माओवादी रुकुमलाई अझै पनि आफ्नो पार्टीको सुरक्षित आधार इलाकाको रुपमा दाबी गर्दै आएको छ।

गरिब किसान जनताको पार्टी भनेर दाबी गर्दै आइरहेको नेकपा माओवादी केन्द्रले रुकुमका ६ स्थानीय तहबाट कस्ता उम्मेदवारहरु प्रमुखमा उठाएको छ, हेर्नुहोस् यस्तो छ व्यक्तिगत विवरण।

देविलाल गौतम

रुकुम सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिको प्रमुखमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका देविलाल गौतम ४ दशक लामो राजनीतिक यात्रामा लामबद्ध छन्। गौतम नेकपा माओवादी केन्द्रको स्थापित नेताको नाममा मात्र होइन धेरै रुकुमेली माओवादीको गुरुको रुपमा समेत चिनिन्छन्। युद्धक्रममा आफ्नो छोरीज्वाइँ समेत गुमाएका गौतम माओवादी केन्द्रबाट केन्द्रीय सल्लाहकारसम्म भइसकेका छन्।

विशाल शर्मा 

रुकुमको चौरजहारी नगरपालिकाको उमेर उम्मेदवार बनेका विशाल शर्मा पनि नेकपा माओवादी केन्द्र रुकुमको एक जिम्मेवार नेताको रुपमा चिनिन्छन्। २०४६ सालतिर मसालको विद्यार्थीे संगठनबाट राजनीतिमा प्रवेश गरेका शर्मा २०५१ सालमा तत्कालीन नेकपा माओवादीको पार्टी सदस्यता प्राप्त गरेका थियो। दुई दशक बढी लामो राजनीतिक जीवनमा सक्रिय शर्मा २०५८ सालमा पार्टीको जिल्ला सेक्रेटरी र २०५९ देखि २०६१ सम्म जनमुक्ति सेनाको जिल्ला सैन्य आयोगको इन्चार्जको समेत जिम्मेवारी बहन गरिसकेका छन्। शान्ति प्रक्रियापछि पनि उनले विभिन्न सामाजिक काममा पनि योगदान गरेका छन्। रुकुमको चौरजहारीमा अवस्थित शीतल उमाविको ४ वर्षसम्म व्यवस्थापन समितिको अध्यक्ष बनिसकेका शर्मा जहारी खोला कृषि सहकारी संस्थाको अध्यक्षमा लामो समयदेखि क्रियाशील छन्।

 

रुकुमको सानीभेरी गाउँपालिकाबाट नेकपा माओवादीको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका नरबहादुर पुन २०३८ सालमा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका हुन्।   २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको पार्टी सदस्यता प्राप्त गरेका पुन  २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्ध सुरुवातदेखि विभिन्न पदमा रहेका सक्रिय रहेका थिए। पुन जनमुक्ति सेनाको भिडिजन सचिवसम्म भएका थिए। २०६० सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्यसँगै शान्ति प्रक्रियापछि पनि नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजक समिति समेत भएका थिए।

गोरखबहादुर केसी

              रुकुमको आठबिसकोट नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका गोरखबहादुर केसी २०४५ सालदेखि विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिमा प्रवेश गरेका। २०५४ सालदेखि तत्कालीत नेकपा माओवादीको पूर्णकालीन सदस्य बनेका केसी त्यसपछि पार्टी र जनमुक्ति सेनाको सहायक कमाण्डरसम्म बनेका थिए। केसी युद्धपत्रकारको रुपमा पनि चिनिन्छन्। युद्धका क्रममा २०५९ तिर माओवादीले सुरु गरेको रेडियो जनगणतन्त्र नेपालको परीक्षणदेखि लामो समयसम्म उनले काम पार्टीको काम गरेका थिए। धर्मबहादुर केसी रुकुमको बाँफिकोट गाउँपालिकाबाट माओवादी केन्द्रको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका धर्मबहादुर केसीले पनि दुई दशक बढीको राजनितिक जीवन बिताइसकेका छन्। २०३८ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका केसी २०४७ मा तत्कालीन मोटो मसालको पार्टी सदस्य प्राप्त गरेका थियो। त्यसक्रममा पार्टीको विभिन्न जिम्मेवारीमा रहेर जिल्ला तथा देशका विभिन्न जिल्लाहरुमा क्रियाशील रहेका केसी जनमुक्ति सेनाको छैटौं डिभिजनअन्तरगत बिग्रेट सहकमाण्डर समेत बनेका थिए। शान्ति प्रक्रियापछि माओवादी सेना शिविरमा राखिँदा उनी अनमिन प्रतिनिधि, नेपाली सेना र माओवादी सेना बीचममा बनेको ज्वईन्ट मोनिटेरिगं टिमको सदस्य समेत बनेका थिए। जनमुक्ति सेनाबाट स्वैच्छिाक अवकाश रोजेर पार्टीमा जोडिएका केसी हाल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजक समितिको सदस्यसमेत छन्।

झक्कुप्रसाद घर्ती

रुकुमको त्रिवेणी गाउँपालिकाबाट माओवादी केन्द्रको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका झक्कुप्रसाद घर्तीको पनि राजनीतिक इतिहास लामै छ।  २०३८ सालमा विद्यार्थी संगगठबाट राजनीति सुरु गरेका घर्तीले २०४४ मा मसालको सदस्यता प्राप्त गरेका थिए। घर्तीले २०४६ सालको बहुदल आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। २०५६ मा तत्कालिन नेकपा माओवादीको जिल्ला समिति सदस्य बनेका घर्ती युद्धका क्रममा जनमुक्ति सेना गण्डक कमाण्डको स्वयमसेवक कमाण्डर थिए। स्थानीय एक प्राथामिक विद्यालयको जागिर छोडेर राजनीतिमा होमिएका घर्ती शान्ति स्थापना पछिका वर्षहरुमा पनि राजनीतिसँगै शिक्षा क्षेत्रमा पनि योगदान गरिरहेका छन्। उनी उमावि सिम्रतु र सिम्रतु क्याम्पस रुकुमको व्यवस्थापन समितिको अध्यक्षसमेत बनिसकेका छन्।

 




सम्बन्धित समाचार


error: Content is protected !!