जाजरकोटमा चट्याङ्गले ७ घाईते

जाजरकोट । जाजरकोटको भेरी नगरापालिका वडा नं ८ गिमामा वीरसिंह कार्कीको घरमा चट्याङ्ग पर्दा ७ घाईते भएका छन् । वुधवार दिउँसो परेको चट्याङ्गले वीरसिंह कार्की सहित कृष्णकला कार्की ,खिमसरा कार्की , मैनाकला कार्की र लक्ष्मी विक, वलवहादुर नेपाली घाईते भएको प्रहरीले वताएको छ । घाईतेको उपचारका लागि रुकुमको चौरजहारीमा लिईएको स्थानीय नरेन्द्र शाहीले जानकारी दिनुभयो ।







