यातायात व्यावसायिको जवजस्तीले अधिकांश दुर्घटना

(पिपलचौर) जाजरकोट । छिन्चु जाजरकोट हुँदैँ डोल्पा सडक खण्डमा भएका विभिन्न सवारी दुर्घटनामा यातायात व्यावसायिको लापरवाही देखिएको छ ।

दुई वर्ष अघि जाजरकोटको भिरवाटीमा यात्रुवहाक वस दुर्घटना हुँदाँ ५२ जनाको मृत्यू भएको थियो । यो दुर्घटनामा थोत्रो वस , क्षमता भन्दा वढी यात्रु अनि तिव्र गति रहेको त्यतिवेलाको छानविन समितिले ठहर गरेको थियो । त्यस्तै दुई महिना अघि जाजरकोट सदरमुकामको वोहरा नजिक वस दुर्घटना हुँदा २७ जनाको मृत्यू भएको थियो । २७ जना मृत्यू भएको वसमा क्षमता वढी यात्रु चढाएको खुलेको थियो । ३२ जना मात्र अट्ने वसमा ६२ जना यात्रुहरु हालेर वित्र रुपमा चलाउँदा वस वोहरा नजिक दुर्घटना भएको अनुसन्धानवाट खुलेको थियो ।
त्यस्तै थोत्रा वस जथाभावी चलाउँदा समस्य आएको सनुसन्धानवाट खुलेको थियो । त्यस्तै दुई हप्ता डोल्पाको भित्रीमा भएको जीप दुर्घटनामा ४ जनाको मृत्यू भएको थियो । दुर्घटनाको कारण थोत्रो जीप , व्रेक नलाग्ने गाडी उकालोमा चढ्न नसक्दा समस्य आएको प्रहरीले वताएको थियो । त्यस्तै वैशाख १५ गते दिउसो जाजरकोट डोल्पा सडक खण्डको छोटेतरा पिपलचौर विचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने एक जना वेपता भएका छन् । १० जनाको क्षमता भएको जीपमा १८ जना यात्रुहरु राख्दा उकालोमा व्रेक नलाग्दा जीज दुर्घटना भएको घाईते यात्रुले वताएका छन् ।

विग्रिएको थोत्रो जीप छेपारेमा चलाउँन खोज्दा नचलेपछि धकेलेर चलाएको थियो । चालक अनुमती पत्र नपाएका चालकले जीप लचाएको पाईएको छ । यो विचमा प्रहरी चौकी समेत नभएका कारण यातायात व्यवासायीको दादागिरी चलेको हो ।
यो सडक खण्डमा चालक अनुमती पत्र नपाएका चालकले यहाँका सवै थोत्रा जीपहरु चलाउने गरेको प्रहरीले थाह पाउँदा पाउँदै चुप लागेर वसेको स्थानीयको भनाई छ । क्षमता भन्दा वढी यात्रु राख्दा र यात्रुलाई जथाभावी वोल्नु सय सडक खण्डका यातायात व्यवसायीको दैनिकी नै रहेको स्थानीयले वताएका छन् । अहिले छेपारे देखि राडी सम्म चल्ने जीपका चालक संग चालक अनुमती पत्र नहुँदा जीपहरु वन्द भएका छन् । यत्ता जाजरकोटको वगारा देखि भगवती तल्लु र तल्लु त्रिवेणी सम्म चल्ने जीपहरुमा समेत तेल राख्ने टयाँकीं सवै जीपमा फुटेका कारण पलास्ट्रिकको जर्किनमा ( ड्रममा ) जोडेर पाईप मार्फत ईन्जिनमा तेल पढाई चलाउँने गरेको पाईएको छ । चालक अनुमती पत्र यस सडकमा चलाउँने कुनै पनि चालक संग नभएको स्थानीयले वताएका छन् । प्रहरीले यो कुरा थाह पाएर पनि थाहैँ नभएको जस्तो गरि मुखर्दशक भएको स्थानीयको आरोप छ । सेवा भन्दा पनि छिट्टै पैसा कमाउने उदेश्यले जीप सञ्चालन गर्दा यस्तो समस्य आएको छ । हेमन्त के सी रासस





error: Content is protected !!