विदेशी भुमिमा गएर गणतन्त्रको हत्या गर्ने प्रयत्न हुँदैँ छ नेता शक्ति वस्नेत

हेमन्त के सी
वैशाख १३ जाजरकोट । नेपालका राजा, महाराजाहरु गणतन्त्रलाई हत्या गर्न विदेशी भुमिमा योजना वनाउँन लागेको पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताउनुभयो । कहिले मन्दिरमा, कहिले विभिन्न विदेशी मुलकमा गएर गणतन्त्रको हत्या गर्ने विभिन्न योजना वनाउन लागेको उहाँले आरोप लगाउनुभयो ।
जनताको नारा गणतन्त्र भएको भन्दै वस्नेतले त्यसको हत्या हुँन नदिने वताउनुभयो । कतिपय शक्तिकेन्द्रलाई परिवर्तन नपचेको समेत उहाँले आरोप लगाउनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेलाई गणतन्त्र हर्स न विस्मात भएको समेत आरोप लगाउँदै उहाँले जनताको अधिकारका लागि माओवादी केन्द्र लडिरहे दावी गर्नुभयो । माओवादीको पहिलो एजेण्डा भनेको स्थानीय निकायको चुनाव गर्नु दोस्रो एजेण्डा भनेको जनताको अवस्था वदल्ने भएको समेत वताउनुभयो । जनताको अधिकारको रक्षा गरेर मात्र जनताको अवस्था वदल्न सकिने भन्दै पुर्व गृहमन्त्री वस्नेतले अव सवै जनताले एक पटक माओवादी केन्द्रलाई भोट दिन समेत आग्रह गर्नुभयो ।
जाजरकोटको पश्चिम शिवालय गाउँ पालिकाको आमसभामा वोल्दै उहाँले यस्तो दाव गनुभएको हो । यो कार्यक्रममा ५ सय भन्दा वढीले माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।





error: Content is protected !!