।। गजल ।।

गालीले नै नपुगेर ,किन देख्छु हान्ने धेरै ।
उठाउने भन्दा यहाँ, रैछन् खुट्टा तान्ने धेरै ।।
आफुसंग के पीडा छ? बुझ्ने कोहि देखिएन।
संसारमा के हुदैछ ,त्यस्ता भने जान्ने धेरै ।।
ज्ञान सीप क्षमताको खडेरी पो पर्न थाल्यो ।
आफ्नो औकात नहेरेर राम्रो जोडि छान्ने धेरै ।।
सुन्छु ,अर्ती ,उपदेश, औसधि नै तितो हुन्छ ।
किन त्यस्तो मान्छेलाई? दुश्मन झैं मान्ने धेरै ।।
गुणि ज्ञानि बाँस जस्तै, निहुरिन्छ निरन्तर ।
देख्छु ,अल्प ज्ञानि आफै, बुज्रुक झैं ठान्ने धरै।।
ज्ञानेन्द्र सिह दल्ली जाजरकाेट



