पाँच मधेसी दल एक भएको औपचारिक घोषणा, पार्टीको नाम, झन्डा र चिह्न सार्वजनिक

मधेसी मोर्चामा आवद्ध सात मधेसवादी घटकमध्ये पाँच दलबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । अमृतभोग पार्टी प्यालेस कालिकास्थानमा भएको एक कार्यक्रमबीच पार्टी एकताको औपचारिक घोषणा गर्दै पार्टीको चिह्न र झन्डा ‘छाता’ सार्वजनिक गरेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता भएको हो । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए ।

 





error: Content is protected !!