डोल्पामा जीप दुर्घटनामा परी चारको मृत्यू

वैशाख ५ जाजरकोट । डोल्पाको ठुलो भेरी नगरपालिका वडा नं ९ मा मंगलवार वेलुका साडे पाँच वजे जिप दुर्घटना हुँदा चार जनाको मृत्यू भएको प्रहरीले वताएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार ठुलीभेरी नगरपालिकाको पाती हाल्न स्थित उकालो हँुदै डोल्पाको सदरमुकाम डोल्पा आउँदै गरेको भे १ च १२५१ नंम्वरको जीप दुर्घटना ग्रस्त भएको हो । जीप पाती हाल्न उकालोेमा चढ्न नसकेर दुर्घटना ग्रस्त भएको थियो । जीप दुर्घटनामा परी चालक दैलेख घर भई डोल्पाको कालागैरा वस्दै आएका २५ वर्षीय वुद्धवीर कठायत , ठुलीभेरी नगरपालिका वडा नं ९ का १६ वर्षीय लोकेन्द्र शाही, ठुलीभेरी नपा वडा नं ७ का १५ वर्षीय शोनी रोकाय , त्रिपुरासुन्दरी नगरपालिका ४ का ६० वर्षीय धर्मलाल वुढाको उपचार गर्न जिल्ला अस्पताल लिदै गर्दा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमूख सुमित खड्काले जानकारी दिए ।
त्यस्तै ठुलीभेरी नगरपालिका २१ वर्षीय पञ्च वुढा र सल्यान कालागाउँ ४ का ३५ वर्षीय केशर आर्चाय घाईते भएका छन् । घाईतेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । साँघुरोवाटो अनि मर्मत नगरेरै चलाएका थोत्रा जीपको ईन्जिन नचल्दा जीप उकालो चढ्न नसकेर सडक भन्दा झण्डै १ सय ५० मिटर तल खसेको प्रहरीले वताएको छ । जीपमा ६ जना सवार थिए ।
जाजरकोट डोल्पा सडक खण्ड निर्माण कार्य पुरा नभएको कारण दुनै वाट त्रिपुराकोट सम्म सडक निर्माण भएको भन्दै पोहोर साल देखि हेलिकप्टरमा जीप लिएर सञ्चालनमा ल्याईएको छ ।
निर्माण कार्य पुरा नभएको वाटोमा जवरजस्ती यातायातका साधन चलाउदा समस्य आएको जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमूख विश्ववन्धु पहाडीले वताए ।



