नेपाल–चीन संयुक्त सैन्य तालिम : किन भारतका लागि चिन्ताको विषय बन्यो ?

काठमाडौं, बैशाख ४, – नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजबीच पहिलोपटक संयुक्त तालिम सुरु भएको छ, जसलाई भारतीय रक्षा क्षेत्रमा चासोका साथ हेरिएको छ । संयुक्त तालिमलाई भारतीय मिडियाले महत्वका साथ प्रकाशन तथा प्रशारण पनि गरेका छन् ।

महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको उक्त संयुक्त तालिमलाई ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ नाम दिइएको छ । चीनसँग पहिलो पटक यस्तो तालिम भएपनि नेपाली सेनाले भारतसँग यसअघि यस्ता तालिम गरिसकेको छ । आफ्नो सुरक्षा छाताभित्र नेपाललाई राख्न चाहने भारतीय रक्षा क्षेत्र नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजबीच भएको संयुक्त तालिमलाई शंकाको दृष्टिले हेरिरहेको छ ।

संयुक्त सैन्य तालिमको शुभारम्भ गर्दै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने यो तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि हुने व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठले बताएका थिए । त्यसबाहेक चिनियाँ जनमुक्ति सेनाकातर्फबाट कर्णेल याङ सुमेङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धबारे विफ्रिङ गरेका थिए । ‘यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतङ्कवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुनेछ ।’ याङ सुमेङको भनाई थियो ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण

नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजबीच पहिलोपटक संयुक्त तालिम हुनुभन्दा अगाडि भएका भ्रमण र भेटघाटले तालिमको महत्व र चासोलाई संकेत गरेको थियो । खास गरेर संकेत यस्तो थियो, कि नेपालको सैन्य क्षेत्रमा चिनियाँ र भारतीय चासो सतहमा देखिएको थियो ।


उदारणका लागि चिनियाँ रक्षा मन्त्री तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्केको तेस्रो दिन भारतीय सेना अध्यक्ष काठमाडौं आएका थिए । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी चैत्र १२ गते स्वदेश फर्केका थिए । चनियाँ रक्षा मन्त्री फर्केको तेस्रोदिनमा भारतका स्थल सेनाध्यक्ष विपिन रावत चैत्र १८ गतेसम्मका लागि अर्थात नेपालको चार दिने आंैपचारिक भ्रमणमा काठमाडौं आएका थिए । दुवै भ्रमण नेपालको सेन्य क्षेत्रमा भारत र चीनको चासोसँग जोडिएको देखिन्थ्यो ।

तीन दिनको फरक पारेर चिनियाँ रक्षा मन्त्री र भारतीय सेनाध्यक्षले नेपाल भ्रमण गर्नु संयोग मात्रै थिएन, बरु यसमा नेपालमाथि चीन र भारतको सैन्य चासोको संकेत थियो ।

चैत्र १० देखि १२ गतेसम्म भएको चिनियाँ रक्षा मन्त्री जनरल चाङ वानक्वानको भ्रमणमा बाक्ला भेटघाट भएका थिए । काठमाडौं आउँदाआउँदै चिनियाँ रक्षा मन्त्रीको पहिलो भेट प्रधानमन्त्री प्रचण्डसँग भएको थियो । किनभने, त्यसैदिन साँझ प्रधानमन्त्री प्रचण्ड चीन जाने कार्यक्रम थियो । यस्तो भेटमा चिनियाँ रक्षा मन्त्रीले संयुक्त तालिमका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामोसमयदेखि गहिरो आत्मीय सम्बन्ध रहेको र यस्ता उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ् माथि उठाउने बताएका थिए । भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र तिव्वत विरोधी गतिविधिको नेपालले विरोध गर्ने बताएका थिए । प्रधानमन्त्रीले नेपाली सेना र चिनियाँ सेनावीचको सम्बन्ध विकसित भएकोमा खुसी व्यक्त गरेका थिए । चिनियाँ रक्षा मन्त्रीले त्यसदिनको भेटमा प्रधानमन्त्रीको चीनभ्रमणको सफलताको कामना गर्दै तिव्वत र तताइवानकावारे नेपाल नीतिप्रति धन्यावाद दिएका थिए ।

त्यसबाहेक चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए, जहाँ उनीहरुबीच दुई देशबीचका सम्बन्धमा छलफल भएको समाचार प्रकाशमा आएका थिए ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ रक्षा मन्त्रीले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग पनि भेट गरेका थिए । भेटमा सुरक्षा निकायको क्षमता अभिवृद्धि विषयमा छलफल केन्द्रित भएको गृह मन्त्रालयको भनाई थियो । भेटमा चिनियाँ रक्षा मन्त्रीले चीनले चीन सरकारको सहयोगमा निर्माणाधीन सशस्त्र प्रहरी बलको तालिम केन्द्रलाई आवश्यक पर्ने थप स्रोत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रक्षा मन्त्रीसँग पनि चिनियाँ रक्षामन्त्रीले भेट गरेका थिए । चिनियाँ रक्षा मन्त्रीको सम्मानमा रात्री भोजको आयोजना गरेका थिए ।

चिनियाँ रक्षा मन्त्रीले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेट गरका थिऐ । जहाँ द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएका थियो । रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थिए । यसअघि जनरल चाङ सैनिक मञ्च टुँडिखेल गएर त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गरेका थिए ।

भ्रमणका क्रममा उनले विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर दरवारक्षेत्रको अवलोकन गरेका थिए । वसन्तपुर दरबारलगायतका संरचनाको पुनःनिर्माण कहिलेसम्म पूरा होला भनी जिज्ञासा राखेका थिए । यी औपचारिक कार्यक्रम सकेर चिनियाँ रक्षा मन्त्री फर्केका थिए । उनी फर्केको एक महिना नपुग्दै काठमाडौंमा नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजबीच पहिलोपटक संयुक्त तालिम सुरु भएको छ । अर्थात, यसले चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणको उदेश्य एक किसिमले बाहिर आएको छ ।

भारतीय स्थल सेनाध्यक्षको भ्रमण

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा आएका भारतका स्थल सेनाध्यक्ष विपिन रावत भ्रमणमा आएका थिएका थिए । उनले विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी उपाधि लिएका थिए । भ्रमणका क्रममा नेपालको केही पर्यटकीय एवम् धार्मीकस्थलमा पनि पुगेका थिए रावत । उनले नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गरेका थिए । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको निरीक्षण पनि थियो । छिमेकी उच्चपदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार गर्न थप योगदान पुग्ने नेपाली सेनाले विश्वास थियो ।

चिनियाँ रक्षा मन्त्री र भारतीय सेनाध्यक्षको दौडधूपको अर्था थियो, उनीहरु आफ्नो भ्रमणलाई सम्बन्ध विस्तारका लागि अधिकतम प्रयोग गर्न चाहन्थे ।

यी भ्रमणपूर्व राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना काभ्रेको पाँचखालमा भेला भएका थिए ।

नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन उनीहरु त्यहाँ पुगेका थिए । नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ ।

नेपाली सेनाका चारहजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । नेपालले शान्ति सेनाको रुपमा द्वन्द्वग्रस्त मुलुकहरु लेवनान, युगान्डा, इथियोपिया, दक्षिण सुडान, इराक, सिरिया लगायत ४१ मुलकमा शान्ती स्थापना कार्यमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरिरहेको छ । तालिम चैत्र २१ गते चलेको थियो ।

नेपाली सेनाको अन्तराष्ट्रिय सम्बन्ध पनि छ । त्यसमाथि छिमेकी भारत र चीनसँग इतिहासदेखिको सम्बन्ध छ ।

चिनियाँ रक्षा मन्त्री खासमा नेपालमा किन आएका थिए ? यो मुख्य प्रश्न हो । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण १६ वर्षपछि भएको थियो । नेपाल–चीनबीचको संयुक्त सैनिक अभ्यास हुँदैछ भन्ने समाचार यस अघि पनि आईसकेका छन् । तर, मिति तय भएको थिएन् ।

यही सैन्य अभ्यासलाई मुर्त रुप दिने चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणको पहिलो उद्देश्य हो । जव कि, यस्तो सैन्य अभ्यासको विषयमा भारतीय सञ्चारमाध्यमहरूले नेपाली सेनामा चिनियाँ प्रभाव बढेको रुपमा ब्याख्या गर्दै आएका थिए/छन् ।
पुस १५ मा बेइजिङमा पत्रकार सम्मेलन आयोजना गरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता याङ युजुनले नेपाल–चीनबीच छिट्टै संयुक्त सैनिक अभ्यास हुने विफ्रिङ गरेका थिए । ‘नेपाल–चीनबीच सैन्य सहयोग आदान–प्रदानका विभिन्न स्वरूपमध्ये आगामी वर्ष सन् २०१७ मा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैनिक अभ्यास गरिँदै छ ।’

तर, नेपाली सेनाले चीनसँग मात्र यस्तो सैन्य अभ्यासका लागि गृहकार्य गरेको चाहीँ होइन । कहिलेकाही यस्ता सैन्य अभ्यास बहुपक्षीय हुन्छन भने कहिलेकाही द्विपक्षीय ।

बहुपक्षीय सैनिक अभ्यास विपत् सामना र शान्ति स्थापनासँग जोडिएका हुन्छन् । नेपाली सेनाले सन् २००१, २०१३ र हालै २०१६ मा गरी तीन पटक संयुक्त सैनिक अभ्यास गरिसकेको छ ।

सैन्य मामलाका जानकारहरुका अनुसार दुई परिस्थितिमा सैन्य अभ्यास हुन्छ । पहिलो–भूराजनीतिक महत्व भएको मुलुकको सेनासँग र अर्काे त्यो मुलुकको सेनासँगको सम्बन्धलाई प्रगाढ बनाउन । चिनियाँपक्ष संयुक्त सैन्य अभ्यासलाई सेना भूराजनीतिक महत्वको रुपमा हेरेको हुनुपर्छ । नेपाली सेनाले भारतीय र अमेरिकी सेनासँग मात्र द्विपक्षीय सैनिक अभ्यास गरिआएको छ ।

चिनियाँ पक्षले नेपाली सेनासँग माघ अन्तिम साताका लागि संयुक्त सैनिक अभ्यासको प्रस्ताव गरेको थियो । चिनियाँ पक्ष शुरुमा सानो युनिष्टबाट यस्तो अभ्यास शुरु गराएर भविष्यमा अरु ठूला अभ्यासको पक्षमा रहेको जानकारहरु मान्छन् । तिब्बतसँग सीमा जोडिएका नेपालका उत्तरी जिल्लामा चिनियाँ पक्षको रोजाइमा छ । संयुक्त सैन्य अभ्यासको प्रस्तावले चीन अब बिस्तारै शुद्ध सैनिक मामिलामा पनि संलग्न हुन चाहन्छ भन्ने सन्देश दिएको जानकारहरु मान्छन् ।

नेपालको हकमा २०२१ माघ १७ गते को भारत–नेपालबीचको सैनिक मामिलासम्बन्धी पत्राचार महत्वपूर्ण मानिन्छ । जहाँ भारतल नेपालको शस्त्र भण्डारलाई आधुनिकीकरण गर्ने तथा आवश्यक तालिम पनि दिने बताएको थियो ।

यो चीनसँगको सीमा युद्धपति भारतीय पत्राचार थियो । मतलव यसलाई चीनसँगको तनावमा नपाली सेनाको सहयोग जुटाउने भारतीय पहल भन्दा पनि हुन्छ । त्यसयता नेपालमा भारतको सैन्य प्रभाव निरन्तर बढिरहेको इतिहास छ ।

तर, नेपाली सेनासँग सैनिक अभ्यास गर्ने चीनको पछिल्लो प्रस्तावले सैनिक कूटनीतिरसम्बन्धको पुरानो अभ्यास तोडिने संकेत देखा पर्दै छ । नेपाल सैन्य कूटनीतिका दृष्टिले पनि सन्तुलनको बाटोमा जान खाजेको छ । जुन, हाम्रो आबश्यकता पनि हो ।

सैन्यरसामरिक दृष्टिले दक्षिणकेन्द्रित झुकाव रहेको मानिएको नेपालको सैन्य शक्तिमाथि चिनियाँ चासो दिन दिनै बढेको जस्तो देखिन्छ । सेनाले प्रयोग गर्ने हतियारमा भारतनिर्मित राइफल इन्सास र एसएलआरको वर्चस्व छ ।

नेपाल–भारतबीचको १९५० को शान्ति तथा मैत्री सन्धि र १९६५ को पत्राचारले सेनाली सैन्य क्षेत्रमा चिनियाँ चासो प्रवेशमा केही न केही अवरोध गरेको थियो । तर, चीनले कोशिष चाहीँ गरिरहेको थियो ।

पछिल्लो पटक नेपाली सेना सैन्य साधन–स्रोतमा एउटा देशको मात्र भर पर्नु हुँदैन भन्नेमा सचेत देखिएको छ । नेपाली सेनाका जवान र अधिकृतले विदेश गएर लिने तालिममा पनि भारतीय तालिमकै वर्चस्व छ । यद्यपी अहिले चीनले पनि कोटा बढाउँदै लगेको छ ।

नेपालमा विदेशको सैन्य चासोको इतिहास पुरानो छ । जंगबहादुरलाई बेलायती दूतावासको सहयोग होस वा जंगबहादुरको उदयदेखि २००७ सालसम्म नेपाली सेनामा बेलायती सेनाको प्रभाव देखिन्थ्यो । उपविनेशबाट मुक्तभएपछि भारती प्रभाव विस्तार बढ्दै गएको देखिन्छ । सन् १९५० को शान्ति तथा मैत्री सन्धिले –हतियार ल्यााउन भारतीय अनुमाति चाहिने बाध्यता बनायो । २०२० को दशकमा अमेरिकी प्रविधि नेपाली सेनामा भित्रिएको थियो । २०३० को दशकमा चिनियाँ प्रविधिको सञ्चार सेट प्रयोग भएका थिए । २०१५ चीनबाट एन्ट एयरक्रफ्ट गन खरीद भएको थियो । २०५४ मा पाँच हजार थान अमेरिकी राइफल खरिद भएका थिए । अमेरिकी विदेश मन्त्री कोलिन पावेलको नेपाल भ्रमण पनि भएको थियो, माओवादी जनयुद्धकालमा ।

चीनबाट पटक–पटक उच्चस्तरीय सैन्य भ्रमण भएका छन् । नेपाली प्रधान सेनापतिहरु पनि चीन भ्रमणमा गएका छन् । चिनियाँ रक्षा मन्त्रीले हालैका दिनमा भ्रमण गरेका छन् । नेपाली सेनामा चीनको आर्थिक सहयोग पनि बढेको छ । द्धिपक्षीय सैन्य अभ्यासको चिनियाँ प्रस्तावले भारत थप शसंकित भएको छ ।





error: Content is protected !!