विकास गर्ने नेतालाई भोट

जाजरकोट । पाटीमा लोकप्रिय नेता भन्दा जनताको मन जित्ने विकास वादी नेतालाई उम्मेदवार वनाउँन जाजरकोटका जनताले आग्रह गरेका छन् । पाटीको निर्देशन भन्दा पनि जनातको मतको कदर गर्नेलाई हामी समर्थन गर्ने मनसायमा छौँ त्रिवेणी नलगाड नगरपालिका ८ की सिता खत्रीले भनिन् ।
आफ्नै दलको नेता भएपनि भ्रष्टाचार गरेको , विकास निर्माणमा हेल्चक्याई गरेको नेतालाई कुनै हालतमा स्विकार गर्न नसकिने उनको भनाई छ । अहिले सम्म राजनीतिक फिल्डमा भएका नेताले कुनै न कुनै रुपमा नाता वाद, पार्टीवाद गदै आफ्ना लाई मात्र हेर्नेृ गरेकोमा अव जनता प्रेमी हुनुका साथै विकास वादी, स्वाच्छ छविको नेता चाहिएको वारेकोट गाउँपालिका जिरीका धनी रावतले वताईन् । हाम्रो गाउँपालिकामा अहिले सम्मा सडक,विद्युत , टेलिफोन र स्वास्थ्य संस्था नभएका कारण अव यी सवै आवश्यकता पुर्ती गर्ने खालको नेताको जरुरी भएको रावतको भनाई छ । हामी एउटा नाउँलाको पानी दुई गाउँका मानिसले खाने गछौँ , पशुचौपाय र मानिसको एउटै नाउलाको पानी खानुपर्छ हाम्रा दुख कस्ले हेर्छ ? अहिले सम्मा सवैले सवै आवश्यकता पुरा गछौँ भन्दै आएका छन्, तर कसैले केही समस्या पनि हल गरेका छैनन् रावतको पिडा छ । हामीलाई स्वास्थ्य संस्था जाँन मात्र ४ घण्टा भन्दा वढी लाग्छ , भगवानको भरोसमा हामी वाँचेका छौ , अर्का जनक सिंहले भने । हाम्रो गाउँ पालिकामा पैसाको वलमा राजनीति गर्ने धेरै देखिएका छन् तर विकास गर्नका लागि होईन सिंहले आक्रोष पोख्य ।
त्यस्तै पश्चिम जुनी चाँदे गाउँपालिका कृष्णवहादुर खड्का भन्छन् चुनावका वेला मात्र तातिने नेताहरु देखि दुख लागेर आउँछ , चुनाव नआउँदा सम्मा सदरमुकाममा खिचानातीमै दिन विताउँने जव चुनावको हल्ला हुँन साथ लाटा,सोझा जनतालाई आवश्यकता भन्दा वढी गफ दिने नेताहरु देखि सवै सचेत वनेको वताए । जसले विकास गर्छ उसैलाई भोट आफ्नो पाटी भन्ने दिन गए खड्काले भने ।
पहुँचको आधारमा टिकट
सवै दलहरु अहिले पैसा भएका र ठुला नेताको पहुँचमा भएकालाई मात्र उम्मेदवार वनाउँने चलन मौलाएकोले सहि उम्मेदवार जनताले नपाउँने त्रिवेणी नगरपालिकाका कांग्रेसका नेता तिलक खत्रीले वताए । गुटगत राजनीतिका कारण टिकट पनि सोही अनुसार उपलव्ध गराउदा अधिकांश स्थानीय स्तरका कार्यक्रताहरु रुष्ट हुँदै गएका छन् । नेपाली कांग्रेस का सभापती दिपक जंग शाहको इशरामा चल्ने लाई मात्र टिकट दिन लागेको भन्दै त्रिवेणी नलगाड नगरपालिका का कांग्रेसका नेता गोविन्द शाही आक्रोष पोख्छन् । भेरी नगरपालिकामा नेकपा एमालेले मेयर पदका लागि कार्यक्रता विच मतदान गराउँदा वरावर मत ल्याएपछि नेकपा एमालेका सचिव सिपि घर्ती र सदस्या कमान खड्को नाम अन्तिम टुंगो लगाउँनका लागि केन्द्रमा पठाएको छ ।
त्यस्तै त्रिवेणी नलगाड नपामा नवेन्द्र नेपाली र नवराज सिंह विच कडा प्रतिस्पर्दा भएपछि अन्तिम टुँगोका लागि केन्द्रमा पठाएको छ । वारेकोट गाउँ पालिकावाट पनि ५ जनाको सिफारिस जिल्लामा पुगेको प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष वीरवहादुर गिरीले वताए । त्यस्तै नेकपा एमालेले छेडागाड नपामा लालवहादुर महतरा र उपमेयरमा सरिता ओली , जुनी चाँदे गाउँपालिमा वेदवहादुर शाही ,उपमेयरमा अम्वा शाह रहेका छन् । त्यस्तै कांग्रेसको तर्फवाट रत्न खड्का नाम छनोट भएको छ । लाई उठाउँने निर्णय गरेको छ । अन्य ठाउँमा विवादका कारण टुगिएको छैँन ।
नेकपा माओवादी केन्द्रमा उम्मेदवार छनोट गर्दा पहुँच वालालाई टिकट दिन थालेको भन्दै केन्द्रिय सदस्या पार्वती विकले असन्तुष्टी व्यक्त गरेकी छिन् । त्यस्तै छेडागाड नपामा उम्मेदवार छनोट गर्दा जनातको पहँच भन्दा पनि नेताको पहुँच हेरेको भन्दै माओवादीका नेता पुर्णवहादुर महतराले फेसवुक मार्फत असुन्तुष्टी व्यक्त गरेका छन् । विवाद रहित रुपमा माओवादीले नलगाड नपामा टेकवहादुर रावल दर्शनलाई मेयरमा उठाउँने भएको छ भने जुनी चाँडे गाउँपालिकामा चन्द्रवहादुर खड्का प्रभाकर लाई उठाउँने वताएको छ । अन्य छेडागाड नपामा माओवादी केन्द्रको मेयर पदमा चन्द्रवहादुर थापा, उपमेयरमा धर्मशिला वस्नेत खत्री रहेका छन् । अन्य ठाउँमा विवादका कारण निष्कर्षमा पुग्न नसकेको माओवादी स्रोतले वताएको छ ।
विपक्षी दलले कस्तो उम्मेदवार उठाउँछ सोही हेरेर आफ्नो दलले उम्मेदवार छनोट गर्ने भन्दै केही ढिलाई भएको दल निकट स्रोतको दावी छ । सोमवार उम्मेदवार छनोटका लागि वस्ने भनेको वैठक गुटगत वैठकका कारण मंगलवारका लागि सारिएको छ ।
उम्मेदवारमा पत्रकारको पनि दावी
जाजरकोटको वारेकोट गाउँपालिकाको मेयरका लागि प्रेस चौतारी केन्द्रिय उपाध्यक्ष वीरवहादुर गिरी को दावी रहेको छ । उनी सहित ५ जनाको दावी सहितको लिष्ट जिल्ला पाटी कार्यालयमा पुगेको छ । त्यस्तै प्रेस सेन्टर नेपालका ६ नम्वर प्रदेश सदस्या दिपेन्द्र शर्माको पनि कुशे गाउँ पालिकामा उठ्दै छन् ।





error: Content is protected !!