एक वर्ष भित्र डोल्पा यातायातले सञ्जालले जोड्ने छु -पुर्व गृहमन्त्री शक्ति वस्नेत

पवन कुमार डाँगी

, डोल्पा  पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत, पूर्व आपूर्ती मन्त्री नर बहादुर बुढाथोकी र पूर्व शान्ती मन्त्री सत्य पहाडी डोल्पा जिल्लाको राजनैतिक भ्रमण गरेर आफ्नो कायक्षेत्र तिर फर्कनु भएको छ ।

विषेश गरेर डोल्पाको विकासको लागी विभिन्न ठाँउमा बजेट छुटाएको र त्यसमा राम्रो संग विकास नभएको अनुगमनका साथ जानकारी दिनु भएको छ । आज जुफाल विमानस्थलमा हवाई जहाजबाट यात्रा गर्ने समयमा उहाँहरु तिनै जना पूर्व मन्त्रीबाट डोल्पाको वारेमा जानकारी लिईएको छ । यसरी जानकारी लिने क्रममा उहाँहरुले डोल्पाको विकासको लागी रोकावट गर्ने ठूलो हात ठेकदारको भएको जानकारी गराउनु भएको छ । साथै पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले डोल्पा जाजरकोट सडक खण्डमा १ बर्ष भित्रै डोल्पामा मोटरबाटो पुर्याउने लक्ष्य राख्नु भएको छ ।

यसरी डोल्पाको विकासमा भएको भ्रटाचार र विक्रिती जस्ता क्रियाकलापलाई अन्त्य गर्नको लागी सम्वन्धित निकायमा गएर हामीहरुले पहल गर्ने छौं भनी बताउनु भएको छ ।





error: Content is protected !!