जाजरकोट काठमान्डौ संघीय जनसम्पर्क मन्चद्धारा जाजरकोट केन्द्रित विभिन्न कार्यक्रम घोषणा

काठमाण्डौँ प्रतिनिधी
जाजरकोट काठमान्डौ संघीय जनसम्पर्क मन्चको पुर्ण बैठक मन्चका अध्यक्ष सुदाम गौतमको अध्यक्षतामा काठमाण्डौको बबरमहलमासम्पन्न भयो।बैठकले माओबादिका महत्वपूर्ण नाराहरु सम्बिधान,सङियता ,गणतन्त्र र समाबेशी सम्बृद्द नेपाल निर्माण गर्न बर्तमान सरकारले घोषणा गरेको बैशाख ३१ को स्थानीय तहको निबार्चनमा केन्दृत हुने निर्णय गरेको छ।
जसको लागि मन्चका पधादिकारी लगायत सदस्यहरुको जिल्लामा माओबादिकेन्द्र सङ समन्वय गरि निर्बाचनमा माओबादी केन्द्र निकट उम्मेद्वारहरुलाई जिताउन जिम्मेवारी समेत बाडफाड गरेको छ।जाजर्कोट जिल्लामा स्थानिय तहको चुनाबको लागि काठमाण्डौमा रहेका सम्पर्ण पार्टिका शुभचिन्तक र समर्थकहरु सबैलाई जिल्ला गई माओबादी उम्मेद्वारहरुलाई जिताउन अपिल गरेकोछ ।जिम्मेवारी बाडफाड गर्दै मन्चका अध्यक्ष सुदाम गौतमलाई नलगाड त्रिबेणि न पा उपाध्यक्ष अमृत बुढालाई जुनिचादे गाउँ पालिका,मन्चका उपाध्यक्ष रोशण शाहलाई शिबालय गाउपालिका ,मन्चका उपाध्यक्ष धर्म राज सिहलाई बारेकोट गाउपालिका,उपाध्यक्ष मोहन मल्ललाई भेरिमालिका नपा ,मन्चका सचिब कृष्ण शाहिलाई कुशे गाउपालिका स (सचिब टेक खत्रीलाई नलगाड नपा ९लह०,कोसाध्यक्ष अस्मिता शाहलाई भेरी मालिका न पा ,सचिबालय सदस्य सन्जय थापालाई छेडागाड न पा, सचिबालय सदस्य नवीन ध्यारलाई नलगाड न पा ९ रग्दा भगवती को जिम्मेवारी दियको छ।
प्राबिधिक तयारी सहित जिल्लामा अभियान चलाउने जनायको मन्चले माओबादिले सिहदरबारको अधिकार वडा गाउँ सम्म पुर्यायको ,जनयुद्द हुदै जन आन्दोलन मार्फत गणतन्त्र ,सङियता र समाबेशिता प्रचण्डको नेतृत्व मा नै आयकोले कार्यान्वयन पनि माओबादेले नै गर्न सक्ने र गाउँ देश बनाउने भिजन पनि माओबादि सङ भयकोले माओबादिको जित हुने बतायको छ।मन्चले काठमाडौ मा जाजरकोट बाट गैइ दुखमा परेका ,बिरामी ,बिद्यार्थी ,सिहदरबार सम्मको पहुच तथा जिल्लाको बिकाशको लागि पहल गर्दै आईरहेको छ।जाजरकोट बस दुर्घटना का बिरामीहरुको फलोअफ गरिरहेको मन्चले आगामी दिनहरुमा पनि जनसेवा मुलक कार्यक्रमहरु गर्ने जनायको छ।
मन्चकै पहलमा भुपु गृहमन्त्री तथा जाजरकोटका सांसद शक्तिवहादुर वस्नेत बस्नेत ,प्रधानमन्त्रीका प्रमुख जनसम्पर्क सल्लाहकार रामदिप आचार्य ,नेता काली ब मल्ल ,माया प्र शर्मा ,गणेश सिह ,टेक ब रावल लगायतको समन्वयमा जिल्लाभर का बिकास निर्माणको लागि ३ अर्ब बराबरको योजनाहरु प्रधानमन्त्री कार्यालय मार्फत विभिन्न मन्त्रालय र योजना आयोगमा पेश गरेको छ।










