नेपाली काग्रेस जाजरकोटले माग्ये गृहमन्त्रीको राजिनामा

हेमन्त के सी
चैत्र १७ जाजरकोट । नेपाली काग्रेस जाजरकोटका वेदराज सिंहले गृहमन्त्रीको राजिनामा मागेका छन् । जाजरकोटका काग्रेसका रविन्द्र शाह हत्या प्रकरण लाई लिएर सिंहले गृहमन्त्री विमलेन्द्र निधीको राजिनामा मागेका हुँन् ।
नेपाल विद्यार्थी संघले सदरमुकामको ठाँटी वजारमा गरेका विरोध सभामा वोल्दै सिंहले यस्तो वताएका हुँन् । त्यस्तै नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले पनि गृहमन्त्री निधीको राजिनामा मागेका छन् । शाहको हत्या भएको ४८ घण्टा वितिसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै उनले गृहमन्त्रीको राजिनामा मागेका हुँन् । गृहमन्त्रीले आफ्नो मात्र सुरक्षा गर्ने हो कि जनताको पनि सुरक्षा गर्ने हो भन्दै प्रश्न समेत गरेका थिए । रविन्द्र शाहको आज दाहसंस्कार गरिएको छ । प्रहरीले अहिले सम्म कुनै पनि हत्याका विषयमा जानकारी दिएको छैन् ।
शाहको १५ गते वेलुका हत्य भएको थियो । उनी नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय सदस्य तथा पाँचतारा यूवा संरक्षण मञ्चका अध्यक्ष रहेका थिए ।










