परिक्षा केन्द्रमै वच्चा जन्मियो

जाजरकोट । मान्नेढुङ्गा मावि टालेगाउँकी कमला कुमारी वस्नेतले माध्यमिक शिक्षा परिक्षा को सामाजिक विषयको परिक्षा दिदै गर्दा छोराको जन्म दिनुभएको छ । खुर्पा परिक्षा केन्द्रमा उहाँले छोराको जन्म दिएको केन्द्राध्यक्ष दिनेश सिंहले जानकारी दिनुभयो । वच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको ढिमे स्वास्थ्य कार्यालयले वताएको छ ।










