बन्गाड क्याम्पस बन्गाडमा सभापति बुढाथोकी

सल्यान । सल्यानको बन्गाड क्याम्पस बन्गाड घाजरीपीपल ८ कालागाउ सल्यानमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी ० जिल्ला सह सचिव इन्द्र ब बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

सम्पूर्ण विद्यार्थी सङ्गठनको सहमतिका आधारमा बुधबार बुढाथोकी सभापतिमा निर्वाचित हुनुभएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिए ।

सभापति सहित सबै अखिल क्रान्तिकारी टिम निर्विरोध निर्वाचित भएका छन । सचिव यादव राना , कोषाध्यक्ष दिपा राना, सह सचिव धन ब पुन, सदस्य गोबिन्द बस्नेत र शुशिला बि क निर्वाचित भएको स्ववियु निर्वाचन समितिले जनाएको छ ।

विसं २०६९ मा स्थापना भएको बन्गाड क्याम्पस बन्गाडमा ४० जना विद्यार्थी रहेका थिए । बुढाथोकी बन्गाड क्याम्पस बन्गाड स्थापनाकालको पहिलो स्ववियु सभापतिमा निर्वाचित भएका हुन्





error: Content is protected !!