क्यान्सरको उपचार सेवा थप विस्तार हुने

काठमाडौ । क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ ।
मन्त्रीपरिषद्ले आज नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी गरेकाले प्रखर परोपकार मिसन नामक संस्थाको झण्डै २३ हजार बर्गकिलोमिटर जग्गा, भवन लगायतको संपुर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा आई नयाँ क्यान्सर अस्पताल बनाइने भएको हो ।
वि.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल,प्रखर परोपकार मिशन नेपाल र नेपाल सरकार स्वास्थ्य मन्त्रालय बीच भएको त्रिपक्षीय सम्झौताको आधारमा सन्चालित प्रस्तावित नेपाल क्यान्सर अस्पताल खजुरा,बाँकेलाई कानुनी दायरमा ल्याई त्यसको नाम भने सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल बनाइने भएको छ । बाँकेलाई राजनीतिक कार्यक्षेत्र बनाउनु भएको र क्याक्सरकै कारण उहाँको निधन भएकाले पुर्वप्रधानमन्त्री कोईरालाको सम्झनामा अस्पतालको नामाकरण गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले बताउनु भयो ।
परोपकार मिसनको अस्पतालका लागि सरकारले यसअघि १० करोड रुपैया छुट्याएकाले सरकारकै लगानीमा बनाउन लागिएको अस्पताललाई गैरसरकारी संस्थाको अस्पतालको रुपमा भन्दा सरकारी अस्पतालकै रुपमा संचालन गर्नु उपयुक्त हुने देखिएकाले सरकारी स्वमित्वमा ल्याइएएको हो ।
क्यान्सर सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको लागि सरकारी अस्पताल आवश्यक भईरहेका बेला गैरसरकारी संस्थाले गरिरहेको प्रयासलाई सरकारी स्वामित्वमा ल्याईव्यवस्थित र मर्यादित बनाउन लागिएको मन्त्री थापाले जानकारी दिनुभयो ।
सो अस्पताल पूर्ण सरकारी हुने भएकाले स्नातक उपाधि हासिल गरेका स्थानीय लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट स्वास्थ्य मन्त्रालयले अस्पतालको अध्यक्ष मनोनित गर्ने भएको छ ।
संचालक समितिको सदस्यको रुपमा क्यान्सर रोगको क्षेत्रमा कार्यरत चिकित्सकहरु मध्येबाट स्वास्थ्य मन्त्रालयबाट मनोनित एक जना, जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका प्रमुख, उधोग बाणिज्य संघको प्रतिनिधि, अस्पताल रहेको क्षेत्रको सम्बन्धित स्थानीय निकायको प्रमुख वा निजले तोकेको प्रतिनिधि, स्थानीय समाजसेवीमध्ये कम्तीमा स्नातक तह उत्तीर्ण गरेका एकजना महिला सहित तीनजनामन्त्रालयले मनोनयन गरेका रहने व्यवस्था गरिएको छ।





error: Content is protected !!