कुनै पनि अतिवाद सहिन्न प्रधानमन्त्री मधेसको असन्तुष्टि भजाएर विखण्डनको प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि खाले अतिवादलाई नसहने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले म‌ंगलबार भने, हिमाल, पहाड र तराई कही पनि सहन गरिने छैन ।
उनले मधेसमा त्यहाँको असन्तुष्टिलाई उपयोग गरेर मुलुककै विखण्डन गर्ने प्रयास भएको उल्लेख गर्दै त्यस्ता अतिवादलाई नसहने उल्लेख गरेका हुन् ।

उनले निर्वाचनको क्रममा हरेक मतपत्रको सुरक्षा गरिनेसमेत उल्लेख गरेका छन् । आफुले मधेसी, जनजाति, थारुको असन्तुष्टीलाई सम्बोधन गर्न संविधान संशोधन पछि चुनावको घोषणा गर्न चाहेको भएपनि एमालेको नाम नलिइ एक पक्षको अवरोधबाट संसदमा छलफल समेत हुन नसकेकोले चुनावको घोषणा गरिएको बताएका छन् ।





error: Content is protected !!