दुई ओटा सकेट बम फेला

मनिष खड्का, रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ घर्तीकाँडामा सकेट बम फेला परेको छ । प्रहरी चौकी खोलागाउँ सर्केनाका अनुसार प्लाष्टिकमा बेरिएको अवस्थामा दुई ओटा बम फेला परेको हो । स्थानीय जयप्रकास बोहोराले आफ्नो बारीमा तरुल खन्ने क्रममा फागुन १३ गते उक्त बम फेला पारेका थिए । तर अहिलेसम्म बम डिस्पोजल पारिएको छैन् । बम डिस्पोजलका लागि आइतबार ९आज० नेपालगञ्जबाट सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ । बम फेला परेपछि प्रहरीले उक्त ठाउँलाई सुरक्षा दिइरहेको छ । अहिले दुई ओटा बम देखिए पनि जमिन मुनि अरु पनि हुन सक्ने प्रहरीले आशंका गरको छ । उक्त वम माओवादी युद्धको समयमा गाडिएको हुन सक्ने प्रहरीले जनाएको छ ।










