स्ववियु निर्वाचन ः कृषि क्याम्पस बैतडीमा बम विजयी

विनोद सिंह विष्ट   बैतडी , गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघका राजेन्द्र वम अध्यक्षमा निर्वाचित भएका छन। शनिबार सम्पन्न स्ववियुको निर्वाचनमा उनले नेकपा एमाले निकट अनेरास्ववियुका हिरेन्द्र खड्कालाई एक मतले पछि पार्दै अध्यक्षमा बम निर्वाचित हुनुभएको हो ।

बमले ७० र अनेरास्ववियुका खड्काले ६९ मत प्राप्त गरेका छन् । सचिवमा अनेरास्ववियुका खगेन्द्र कडेल विजयी हुनुभएको छ । उहांले ६८ मत ल्याउनुभएको छ । निर्वाचनमा ७ पदका लागि १४ जनाको उम्मेद्वारी परेको थियो । यस्तै स्ववियुको कोषाध्यक्षमा नेविसंघका दिनेश जर्मकट्टेल र अनेरास्ववियुका मनिसा सग्दिेलले समान ७० मत प्राप्त गरेपछि गोलापर्थाबाट नेवि संघका दिनेश जर्मकट्टेल विजयी हुनुभएको छ । उपाध्यक्ष, सहसचिव र केही सदस्यहरु समानुपातिक प्रणाली अनुसार विद्यार्थी संगठनले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुने नेविंसंघ क्षेत्र नं. १ का सभापति देववहादूर महराले वताउनुभयो ।
स्ववियुको नेतृत्वका लागि विभिन्न तीन वटा विद्यार्थी संगठनहरुले निर्वाचनमा भाग लिएको नेविसंघका सचिव सुरेन्द्र प्रसाद भट्टले वताउनुभयो ।
अध्यक्ष, सचिव र कोषाध्यक्षसहित चार जना सदस्य प्रत्यक्ष निर्वाचनबाट छनौट भएका छन् । सदस्यहरुमा नेविसंघका महेश वुढामगर, मदन देवकोटा, अर्पण क्षेत्री र अनेरास्ववियुवाट विशाल गिरी विजयी भएका छन् । १ सय ४० मत खसेकोमा एक मत वदर भएको थियो ।

नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलले स्ववियु निर्वाचन जितेको हो ।
गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले त्रिभुवन विश्वविद्यालयले शुरुमा सार्वजनिक गरेको कार्यतालिका अनुसार स्ववियु निर्वाचन सम्पन्न गरेको हो ।





error: Content is protected !!