जाजरकोटमा आयोडिनयुक्त नुनको सन्देसमुलक र्याली प्रदर्शन

जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा मंगलवार बिहान आयोडिन नुन प्रयोग सम्बन्धि सन्देसमुलक र्याली प्रदर्शन गरिएको छ । आयोडिन नुन उपयोगिताको महत्वलाई सन्देसमुलक बनाउन जिल्ला सदरमुकाम खलंगामा र्याली प्रदर्शन गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आयोजनामा जिल्लामा कार्यरत कृषि तथा खाद्य सुरक्षा आयोजना, सुआहारा कार्यक्रम, सेभ द चिल्ड्रेन, पाँचतारा युवा संरक्षक मञ्च, पहल कार्यक्रम, पहाडी क्षेत्र विकास अभियान, बहुक्षेत्रिय पोषण योजना अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज र पत्रकारहरुको सहभागितामा जिल्ला स्वास्थ्य कार्यालयवाट निकालिएको र्याली ठाँटी बजारमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा आयोडिन टेष्ट किट मार्फत प्रदर्शनी गरिएको थियो भने, जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा अन्तरक्रिया सञ्चालन गर्ने, आयोडिन टेष्ट किट मार्फत प्रदर्शनी गर्ने, स्थानिय सञ्चार माध्यमवाट आयोडिनको महत्ववारे सन्देस प्रसारण गरिरहेको, जिल्लाका बिभिन्न ठाउँमा जनचेतना मुलक ब्यानर राखिएको जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन सुशिल शाहीले जानकारी दिए ।
आयोडिन प्रयोग बिनी मानव स्वास्थ्यमा आई पर्ने समस्याहरुकोवारेमा स्पष्ट पार्दै जिल्ला स्वाथ्य कार्यालय प्रमुख धिर जंग शाहले भने–“आयोडिन प्रयोग नगर्ने हो भने, मानव स्वास्थ्यमा बिभिन्न बिकृतिजन्य समस्याहरु देखा पर्दछ ।”
आयोडिनयुक्त नुनको प्रयोग गरौं, सधै दुई बालबालिका चिन्ह भएको आयोडिन नुनको प्रयोग गरौं, खुल्ला र ढिके नुनको प्रयोगलाई बहिस्कार गरौ जस्ता नारा लेखिएका प्लेकार्ड हात–हातमा उचालेर नारा लगाएर र्याली प्रदर्शन गरिएको थियो ।
“सधै दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन मात्रै खाने गारौं ।” भन्ने मुल नारा सहित ७५ जिल्लामा मनाई रहेको आयोडिन फेब्रेवरी महिनामा मंगलवार जाजरकोट सदरमुकाम खलंगामा र्याली प्रदर्शन गरिएको थियो ।












