किन झरे प्रचण्ड मधेश प्रधानमन्त्रीका प्रेस सल्लाहकार यसो भन्छन्

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिराहा गएका गएका छन् । आज विहान भएको कांग्रेस–माओवादी केन्द्रको बैठक सकिएपछि आफ्नो निर्वाचन क्षेत्र सिराहा गएका हुन् । प्रचण्डले सिराहामा पार्टी कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन् ।
स्थानीय तहको चुनावको मिति घोषणा गर्न छलफल गरिरहेका प्रचण्डले यसअघि रोल्पामा पुगेर करिब डेढ अर्ब रुपैयाँ बजेट प्याकेज घोषणा गरेका थिए ।
तर प्रधानमन्त्री प्रचण्ड यो पटक कतै हल्ला नगरी सिराहा गएका छन् । त्यहाँ किन गए भन्नेबारे प्रधानमन्त्रीका सचिवालयले खुलाउन चाहेनन् । तर प्रचण्ड सिराहामा श्रीमद भागवत महायज्ञ उद्घाटन गर्न गएको स्रोतले जानकारी दिएको छ ।
सरकार आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएपनि पनि टरेको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड मधेश केन्द्रीत दलहरुसंग ‘वान टु वान’ छलफल गरेको हिजो मधेशी मोर्चासँग सयुक्त छलफल गरेपनि संविधान संशोधन नगरि चुनावमा नजाने मोर्चाले अडान लिएको थियो । मोर्चा अडानले आज भनिएको चुनावको मिति घोषणा पनि टरेको हो ।
आज बसेको माओवादी केन्द्र–कांग्रेस बैठकले प्रमुख प्रतिपक्ष नेकपा एमाले र संशोधन नगरि चुनाव नजाने घोषणा गरेको मधेशी मोर्चासंग छलफल गर्ने गरी बैठक सकिएको थियो । सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने तयारी थालेको छ । मोर्चा र एमालेसँग छलफल गर्ने तयारीमा रहेका प्रचण्ड भने यतिवेला मधेश झेरका छन् ।
हामिले यो विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई सम्पर्क ग¥यौं । आर्चायको भनाई जस्ताकोतस्तै
सिराहा प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र हो । निर्वाचन क्षेत्रमा कार्यक्रम भएर जानु भएको हो । यसअघि पनि उहाँ अन्य जिल्लामा गएर बजेटको प्योकज घोषणा गरेर आउनु भएको थियो ।
तपाईले भने जस्तो श्रीमद भागवत महायज्ञ उद्घाटनमा भने होईन् । त्यहाँ पुगेपछि भागवत रहेछ भने पस्नुहुन्छ । प्रधानमन्त्री भएपछि सबै धर्मलाई समान ढंगले हेर्नुपर्छ ।
कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा लगाउनु हुँदैन् । निर्वाचन क्षेत्रमा जाँदा यदि भागवत रहेछ भने जानुहुन्छ होला । प्रचण्ड सिराहा जानुमा कुनै अनौठो छैन् ।
सिराहाको कार्यक्रम सकेर आएपछि प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चा र प्रमुख प्रतिपक्ष एमालेसाग छलफल गर्नेछन् । त्यस्तै भोलिको क्याविनेट बैठक अगाडी नै निवाृचन आयोगसँग परामर्श लिएर चुनावको मितिको टुंगो लगाउने छन् ।





error: Content is protected !!