९ तस्वीरमा हेर्नुहोस्, माओवादी केन्द्रले यसरी मनायो जनयुद्ध दिवस

प्रचण्डको उद्घोष : ‘एक वर्षभित्र सबै माओवादी एकठाऊ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीहरु फुटेका कारण प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएका छन् ।

२२औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयाजित कार्यक्रममा प्रचण्डले अर्को जनयुद्ध दिवस सम्ममा सबै माओवादीहरु एकिकृत हुनुको विकल्प नभएको पनि बताए । ‘सबै माओवादी एक ठाउँमा आएमात्र जनयुद्धका बाँकी कार्यभार पूरा हुनसक्छ’उनले भने, आवश्यकता पर बलिदान दिएर पनि परिवर्तनलाई रक्षा गर्न तयार हुनुपर्छ ।’ जनयुद्धका कारण अहिलेको परिवर्तन सम्भव भएकाले यसको रक्षा गर्ने कर्तव्य पनि माओवादीको रहेको उनले बताए ।

‘सविधान परिवर्तनशील हो, समय र जनताका माग अुनसार परिर्वतन भइरहन्छ, त्यसैले आज सविधान संशोधन भयो, अब भोली हुँदैन भन्ने होइन, समाजवाद नआएसम्म सविधान संशोधन भइरन्छ’प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
फरक प्रशंगमा प्रधानमन्त्री प्रचण्डले माघ ७ गतेभित्र चुनाव नभए देशमा अराजकता निम्तिने भएकाले सो अवधिमा तीनटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बताए । ‘सविधानसभाबाट सविधान नचाहनेहरु अझै पनि यो सविधान कार्यान्वयन नहोस् भन्ने चाहेका छन्, त्यसैले यो सविधान कार्यान्वयनका लागि जसरी पनि चुनाव गराउनुपर्छ ’ प्रचण्डको भनाइ थियो ।

तस्वीर : कृष्ण खड्का

 




सम्बन्धित समाचार


error: Content is protected !!