स्थानिय निकायका कर्मचारीले आज देखि सम्पुर्ण सेवा बन्द

जाजरकोट , जाजरकोटमा स्थानिय निकायका कर्मचारीले आज देखि सम्पुर्ण सेवा बन्द गरेका छन् । सरकाले आफुहरुका माग पुरा नगरेको भन्दै स्थानिय निकायका कर्मचारीवाट दिईने सवै सेवा बन्द गरेका हुन ।
स्थानीय निकाय कर्मचारी संघको केन्द्रिय कार्यक्रम अनुसार आफुहरुले पनि जिल्लामा सम्पुर्ण सेवा बन्द गरेको स्थानीय निकाय कर्मचारी संघ, जाजरकोटका अध्यक्ष गंगबहादुर रोकायले जानकारी दिए । माग पुरा नभए सम्म आफुहरुको आन्दोलन जारी रहने बताउदै अध्यक्ष रोकायले भने–“आज दिन भर हामी सबै सेवा बन्द गर्छौ, भोली हामी कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाउछौ र हाम्रो आन्दोलनलाई अनिश्चितकालिन बनाउछौं ।”
गत माघ १९ गते देखि आन्दोलनमा रहेका स्थानिय निकायका कर्मचारीहरु आज देखि सम्पुर्ण सेवा बन्द गरेर जिल्ला बिकास समितिको कार्यालय भवन अगाडी धर्ना दिई रहेका छन् । स्थानिय निकायवाट सेवा लिन गाउँ देखि सदरकाम खलंगा पुगेका सेवाग्राही नागरिकहरु सेवा नपाएर मर्कामा परेका छन् ।










