प्रथम स्मृति दिवस भव्य रुपमा सम्पन्न

रामचन्द्र न्यौपाने
दुनै(डोल्पा) ,स्वर्गिय नेपाली काँङ्ग्रेस नेतातथा पुर्व प्रधानमन्त्री सुशिल कोईरालाको प्रथम स्मृति दिवस सदरमुकाम दुनैमा भव्य रुपमा सम्पन्न गरिएको छ ।
पार्टीको भातृ संगठन तरुण दल डोल्पाकोआयोजनामा संञ्चालनगरिएको उक्त कार्यक्रममा जिल्लाभरका बिभिन्न गाँउहरुबाट नेता तथा कार्यकर्ताहरुको घुँईचो लागेको थियो ।
कार्यक्रममा स्वर्गीय नेता कोईरालालाई नेपालको लामो राजनितिक ईतिहाँस परीवर्तनका अग्रज,त्यागी,स्वच्छ छवि कायमराख्ने तथा देश र जनाताको हितमा एक चित्त भएर लागिपर्ने एक नेपालकै ताराको रुपमा स्मरण गरिएको थियो ।यसको सिकोगर्न सम्पुर्ण आफ्ना कार्यकर्ताहरुमात्र नभई अन्य पार्टीका राजतितिक हस्तीहरुलाई समेत स्थानिय नेताहरुले सुझाएका थिए ।
स्मृति दिवसको अवसरमा मन्तव्य राख्दै जिल्लास्तरीय नेताहरुले पार्टीलाई मजबुद तथा जनप्रिय बनाउन सबै नेता,कार्यकर्ताहरु आ—आफ्नो क्षेत्रमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड समेत दिएका थिए ।
पार्टीको केन्द्र तह देखि जिल्लासम्म भईरहेको गुट उपगुटको राजनितिलाई अन्त्य गरि पार्टीलाई एक ढिक्का बनाउनसबै लाग्नुपर्ने तरुणदल डोल्पाका अध्यक्ष्य तुल बहादुर बोहोराले बताउनुभयो ।










