राधिका सुनारको हत्यारालाई कारवाईको माग गदै महिला आन्दोलित

जाजरकोट, । गए सनिवार राती जाजरकोटको पासागाड खोलामा खुकुरी प्रहार गरी महिलाको हत्या गर्नेमा प्रहरी हल्दार रहेको खुलेको छ । प्रहरी अनुसन्धानवाट राधिका सुनारको हत्या गर्नेमा प्रहरी हल्दार रहेको भन्ने खुलेको हो ।

मृतक राधिका सुनारसंग रहेको मोबाईल नम्बरको कल डिटेल गरेर हत्यामा संलग्न प्रहरी हल्दार रहेको भन्ने पत्ता लागेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न जिल्ला प्रहरी कार्यालयको मुद्धाफाँट कार्यरत कमल बिक रहेको प्रहरीले जनाएको छ ।

बिकलाई अदालतमा लिएर म्याद थप गरि ज्यान मुद्धा चलाउने अन्तिम तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सुनारको हत्यामा संलग्न बिक रहेको भन्ने कुरा पत्ता लागेपछि अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका राधिकाका लोग्ने दलबहादुरलाई प्रहरीले छोडी सकेको छ ।

हत्याका दोषी पत्ता लागे पछि मृतकका आफन्तजन र सदरमुकामका महिलाहरु आन्दोलित भएका छन् । आन्दोलित आफन्तजन र सदरमुकामका महिलाहरुले हत्यारालाई कडा कारवाही गर्नु पर्ने, मृतकका बालबालिकाको शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासको ब्यबस्था गर्नु पर्ने जस्ता मागहरु राखेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय आन्दोलित महिला तथा आफन्तजनहरुले घेराउ गरिरहेका छन् ।

dogitalsanchar





error: Content is protected !!