वजेटको अभावमा निर्माण रोकिएका दर्जनौ सडकमा वजेट थप भएपछि जाजरकोटवासी खुसी

जाजरकोट , यहाँका दर्जन वढी सडकमा वजेट अपुग भई निर्माण कार्य रोकिएको जनगुनासो आईरहेको वेला अर्थ मन्त्रालयले वजेट थप गरेको छ । एक दर्जन रणनैतिक महत्वका र क्षेत्रिय सडकहरुको वजेट थपिए लगत्तै निर्माण कार्य ले तिव्रता पाउँने पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताउनुभयो ।
वजेट अभावमा सडक निर्माण कार्य अवरुद्ध भन्ने समाचार आएपछि पुर्वगृहमन्त्री समेत रहेका जाजरकोट क्षेत्र नं १ का सभाषद शक्तिवहादुर वस्नेतले अर्थ मन्त्रालयमा वजेट माग गरको र अर्थले सडक निर्माणका थप वजेट उपलव्ध गराएको राससलाई वताउनुभयो । यहाँका एक दर्जन गाविसमा अझै सडक सञ्जाल जोडिन सकेको छैन् । रकम अभावकै कारण यहाँका गाउँमा सडक निर्माण हुँन सकेको थिएन । क्षेत्रिय स्तरका ८ वटा सडकको लागि २५ करोड र अन्य २० वटा सडकका लागि ८ करोड रकम निनियोजन गरिएको छ ।
रणनैतिक महत्वको छेडाकचाली सडकमा ५ करोड, पाँचकाटिय ढिमे व्याउली ढुगा हुँदै जुम्लाका लागि रु ५ करोड, किटेनी नेटीलेख, सक्ला हुँदै लिम्सा मुलसाम सडकका लागि ५ करोड , चौखा रसिक हुँद्यै डोल्पाको काईगाउँ सर्मि सडकका २ करोड,कालीमटी लहँ नेटी लेखका लागि रु २ करोड,भुर चौर सुवानाउली हुँदै कृष्णमन्दिर का लागी २ करोड,मन्मैतरा जिकुवा मावि हुँदै हल्चौर सम्माको सडकका लागी रु २ करोड,छेप्का कैना किटनीका लागि २ करोड रुपैया विनियोजन गरिएको मन्त्री वस्नेतले वताउनुभयो । जिल्लामा पठाएको वजेट सही रुपमा सदुपयोग गरि जिल्लाका सवै ठाउँमा सडक सञ्जालले जोड्ने योजना छट्टै पुरा हुँने समेत उहाँले वताउनुभयो । विकास निर्माणका कार्यमा सवै दल मिलेर एकै ठाउँमा साझा धारणा वनाउनु पर्ने र यसलाई राष्टसेवक कर्मचारीहरुले सहयोग गर्नुपर्ने वस्नेतको भनाई छ ।
वजेट अनाआवश्यक कुरामा खर्च गर्ने परपाटीलाई अन्तय गर्न जनताको खवरदारी निरन्तर हुनुपर्ने समेत उहाँको भनाई छ । आफुले मागेको वजेट पाएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् । कम विवादमा आउनुका साथै कम वोल्ने स्वभाव भएका वस्नेतलाई वचन पुरा गर्ने नेताका रुपमा जिल्लावासीले लिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताउनुभयो ।
हेमन्त के सी ,जाजरकोट,रासस










