काम गर्नुहोस वजेट कमी हुन दिन्न —पुर्व गृहमन्त्री वस्नेत

जाजरकोट ,निर्माणधिन जाजरकोट जुम्ला सडकको खलंगा पाँचकाटिया सडक खण्डमा स्तरउन्नतीको काम सुरु भएको छ । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले काम छिटो गर्नुहोस वजेट अभाव हुँदैन भनेपछि स्तरउन्नतीको काम सुरु गरिएको हो ।7dfb0053d5e5413615cbe2cb5d0c29ec

जिल्लाका विभिन्न दर्जनौ सडकमा अहिले थप वजेटको व्यवस्था समेत गरिएको छ । सडक डिभिजनको १ करोड ९८ लाख लागतमा सडक निर्माण कार्य सुरु गरिएको छ । सडक निर्माणको जिम्मा मृत सन्जिवनी खड्का कृष्ण जेभी कन्स्ट्रक्सनले लिएको छ । दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो ।

खलंगा पाँचकाटिया सडक खण्ड भित्र रहेको २१ किलोमिटर दुरीमा १ लाख ३६ हजार घनमिटर माटो कटीङ, माटो फिलिङ लगाएतको काम गरीने ठेकेदार रत्न खड्काले बताए । यो सडकमा जीप र टयाक्टर हिउद्को समयमा गुड्ने गर्दछन् ।

sadak-nirman-768x432सडकको स्तर बृद्धि गर्न थालेपछि स्थानियहरु खुसी भएका छन् । यो सडकमा ट्याक औपन गर्दा २१ किलोमिटरमा ७ करोड भन्दा वढी खर्च भईसकेको छ । अहिले सडकको स्तर बृद्धि नभएका कारण वर्षेनी स्थानीयहरु समस्यामा भोग्दै आएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!