किसानको जीवनस्तर उकास्न ९ जिल्लामा ‘प्रयास’ र ‘सहज’ कार्यक्रम

जाजरकोट ,स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा किसानको जीबनस्तर उकास्नका लागी ९ जिल्लामा प्रयास र सहज कार्यक्रम संचालन हुने भएको छ । हेल्भेटास स्वीस इन्टरकोअप्रेशन नेपालको प्राविधिक सहयोगमा नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास) संचालन हुनेछ भने सिप्रेड र स्वीस कन्ट्याक्टको सहयोगमा नेपाल कृषि वजार विकास कार्यक्रम ( सहज ) संचालन हुने भएको हो ।

नेपालको कृषि विकास रणनितिलाई लागु गर्न तथा आधुनिकिकरण गर्दै किसानको जिवनस्तरमा सुधार ल्याउनको लागी नेपाल सरकार र स्वीस सरकार बीच बाह्र वर्षे कार्यक्रमका लागी सम्झौता भएको छ । कार्यक्रमको कार्यान्वयन कृषि विकास मन्त्रालय र पशु पंक्षि विकास मन्त्रालयले गर्नेछन् । कार्यक्रम पुर्वका रामेछाप, ओखलढुङ्गा, खोटाङ, उदयपुर , सिन्धुली र पश्चिमका सुर्खेत , जाजरकोट दैलेख , अछाम र कालिकोट गरी ९ ओटा जिल्ला संचालन हुनेछ ।
स्वीस सरकारको तर्फबाट प्रयास कार्यक्रम संचालनका लागी पहिलो चरणको चार बर्षका लागी ८२ करोड अनुदान प्रदान गर्ने सम्झौता भएको छ । त्यस्तै सहज कार्यक्रमका लागी ७२ करोड रुपैया अनुदान दिनेछ । नेपाल सरकारले स्वीस सरकारको अनुदानमा थप २५ प्रतिशत रकम साझेदारी गर्नेछ ।
कार्यक्रमले महिला शशक्तिकरणमा जोड दिदै पछाडी पारिएका किसानहरुको आयआर्जनमा बृद्धि , खाद्य सुरक्षा तथा सामाजिक समावेशितालाई जोड दिने लक्ष्य राखेको छ । कार्यक्रममा कृषि वन तथा बातावरण समितिहरुलाई सक्रिय वनाउने, विदेशवाट फर्केका युवाहरुलाई कृषि कार्यबाट स्वरोजगार वनाइ कृषि विकासमा जोड दिने लक्ष्यका साथ यो कार्यक्रम शुरु भएको नेपाल कृषि सेवा विकास कार्यक्रम प्रयासका जिल्ला कार्यक्रम संयोजक अन्जन अधिकारीले बताए ।
जिल्लामा जिल्ला कृषि विकास कार्यालय र स्थानिय स्तरमा कृषि सेवा केन्द्र मार्फत किसानहरुले उत्पादन बृद्धि र उत्पादन गरेका वस्तुहरुको मुल्य श्रृंखलामा सुधार ल्याउँदै वजारीकरणको लागी सहजता ल्याउने कार्यक्रमको मोडालिटी तयार भएको छ हेल्भेटास जाजरकोटकी संयोजक शान्ति राईले भनिन ।
कार्यक्रमको पहिलो चरणमा जाजरकोटका सीमा , थालारैकर , रग्दा र खगेनकोट गाविसका तीन सय ५० घरधुरीहरुले लाभ प्रत्यक्ष लाभ लिने प्रयास कार्यक्रमका संयोजक अधिकारीले बताए । यस वर्ष जाजरकोट जिल्लाको लागी छतिस लाख रुपैयाको बजेट विनियोजन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपालीले किसानहरुको जीवन स्तर उकास्न र दुई छाक टार्नकै लागी भारत लगायतका मुलुकमा मजदुरीका लागी विदेशीनु पर्ने समस्याबाट मुक्त गर्न कार्यक्रम फलदायी हुने बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!