जाजरकोटमा फागुन १४ र १५ मा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

जाजरकोट,आगामी फागुन १४ र १५ गते जाजकोटमा यसपटको नवौ राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता संचालन हुने भएको छ ।

जगतिपुर स्थित भगवति मावि कुदुमा प्रतियोगिता संचालन गर्ने निर्णय गरिएको छ । शिल्डमा भलिबल , एथेलेष्टिक , कपर्दी , तेकोन्डो र कराँतेका विभिन्न इभेन्टमा विद्यालय स्तरीय प्रतिस्पर्धा गराईनेछ । जिल्ला स्तरीय राष्टिपती रनिगं सिल्ड प्रतियोगिताको आयोजना तथा संचालन जिल्ला खेलकुद विकास समितिलाई गर्ने गरि जिम्मा दिईएको जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिहले जानकारी दिए ।
जिल्ला शिक्षा समितिका अध्यक्ष संयोजक , प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी , जिल्ला प्रहरी कार्यालयको प्रमुख , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष , प्रतियोगिता आयोजना गर्ने विद्यालयका प्रधानाध्यापक , जिल्लाको समुदायिक र सस्थागत विद्यालय मध्येवाट जिल्ला स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले मनोनयन गरेका १।१ जना प्रधानाध्यापक लगाएतका सदस्य रहने गरी प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समिति रहने प्रावधान रहेको छ ।





error: Content is protected !!