रहेनन् तिरिरी मुरली बज्यो वनैमाका गायक पन्नाकाजी

काठमाडौं— नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विमारी रहेको उनको आज बिहान ताहाचलस्थित निवासमा निधन भएको हो।

8e4f79fbeac77a62d3f43e0be16d9895

उनका छोराहरु गायक प्रवेशमान शाक्य र पवित्रमान शाक्य नेपाली संगीतमा सक्रिय छन्।

उनका ‘तिरिरी मुरली बज्यो बनैमा’,‘कस्को यो सम्झना मेरो मनैमा’ लगायत गीतहरु चर्चित रहे। २००७ साल मा रेडियो नेपाल प्रवेश गरेका पन्नाकाजी नेपाली संगीतको क्षेत्र सक्रिय थिए। वि।स।१९८८ साल पौष १५ मा राजधानीको ओमबहालमा माता जन्मिएका उनी परिवारका कान्छा छोरा हुन्। २००४ सालदेखि औपचारिक रुपमै गीत गाउन थालेका उनले ‘विषन्तरया मच्चादान’ र ‘कुँडाल’ लगायत नाटकमा समेत अभिनय गरेका थिए।

२०२२ सालमा पन्नाकाजी रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगीतामा गायन तर्फ पहिलो भएका थिए। उनले नातिकाजी सम्मान, वीरेन्द्र पदक, गोरखा दक्षिण बाहु र ईमेज लाइफटाईम अचिभमेन्ट अवार्ड लगायत प्राप्त गरिसकेका छन्।

राजा महेन्द्रका मनपर्ने गायकको रुपमा परिचित उनले रेडियो नेपालमा आधुनिक ,भजन ,राष्ट्र्रियभावको गीत ,लोकगीत ,नेपाल भाषा लगायत झण्डै चारसय गीतहरु रेकर्ड गाएका छन्।

नेपाली कांग्रेससमेत क्रियासिल रहेका उनी २०१८ सालमा नौं महिना नख्खु जेल परेका थिए। त्यसताका उनले तयार गरेको गणेशमान सिंह पाँच फिटको स्केच प्रदर्शनमै राखिएको थियो।

उनका ‘लिजेण्ड अफ पन्नाकाजी, कसरी बिर्सुं म’, ‘लिजेण्ड अफ पन्नाकाजाः आफ्नो संसार’ र ‘साधक गायक पन्नाकाजी’ लगायत एल्बम सार्वजनिक भइसकेका छन्।





error: Content is protected !!