पत्रकार  घर आगलागी भए पछि महासंंघ जाजरकोट द्धारा सहयोगको घोषणा ।

१८ पौष २०७३ जाजरकोट । गएको १० गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा जाजरकोटका सदस्य कर्णवहादुर सार्कीको ढिमे गाविस स्थित वडानं ५ स्थित घरमा आगो लागेर पुरै घर नष्ट भई अरुको घरमा सरण लिइरहेको खवरले महासंघ स्तव्ध भएको हिजो नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव दिपेन्द्र शर्मा द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

fnj logoआर्थिक हिसावले विपन्न सार्कीको परिवारमा पर्न गएको दुखद घटना प्रति गहिरो दुख व्यक्त गर्दै पिडित परिवार प्रति हार्दीक सहानुभुति प्रकट गर्दछौं विज्ञप्तीमा जनाइएको छ । साथै महासंघ सदस्य सार्कीलाइ परेको दुखमा साथ दिदै महासंघ जाजरकोट शाखाको तर्फवाट राहत स्वरुप नगद ५ हजार सहयोग दिने घोषणा समेत ग।िरएको छ ।
पिडित परिवार प्रति सहयोग गर्न नेपाल पत्रकार महासंघ जाजरकोटले सवैमा अनुरोध समेत गरेको छ । साथै पिडित परिवार लाई सहयोग गर्न चाहाने सहयोगी हातहरुलाइ नेपाल पत्रकार महासंघ जाजरकोट शाखा हार्दीकता पुर्वक स्वागत गर्न तयार रहेको पनि हिजो प्रकाशित विज्ञप्तीमा जनाइएको छ । यस सम्वन्धि थप सहयोग गर्न चाहेका मोवाइल नं ९८४८२०९९७७ र ९८१२४३७९९७ मा सम्पर्क राख्न समेत आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।





error: Content is protected !!