माओवादी केन्द्रको नयाँ कार्यविभाजन : कहाँ को पर्यो ? कुन प्रदेशमा कति नेता ?

काठमाडौं, २३ मंसिर । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको १० दिनदेखि जारी पोलिटब्युरो झण्डै ४ हजार केन्द्रिय सदस्य र ४ सयको पोलिटब्युरो बनाउने निर्णय सहित सम्पन्न भएको छ ।

peris१० माओवादी घटकबिच एकता भएपश्चात बन्न नसकेको केन्द्रिय समितिलाई यसपटकका लागी ३हजार ९ सय ९९ मा टुंग्याइएको छ भने पोलिटब्युरोको संख्या ३३९ बनाइएको छ ।  यसैगरी कार्यालय ३३ जनाको र सचिवालय ८५ जनाको बनाइएको छ ।

नयाँ कार्यविभाजनअनुसार प्रदेशहरुमा यसअघि संयोजकमात्रै रहेकोमा हाल संयोजक र इन्चार्ज दुबै रहने व्यवस्था गरिएको छ ।

सो नयाँ कार्यविभाजन विदेश विभागको प्रमुखमा नेता नारायणकाजी श्र्रेष्ठ र अनुसार संगठन विभागको प्रमुखमा राम बहादुर थापा बादल रहेका छन् ।

प्रदेशको जिम्मेवारी निम्नअनुसार रहेको छ –
प्रदेश नं. १
इन्चार्जः गोपाल किराँती
संयोजकः सावित्री कुमार काफ्ले
–४३ जना पोलीटब्युरो सदस्य तथा ४५७ केन्द्रिय सदस्यको
प्रदेश नं. २
इन्चार्जः मात्रीका यादव
संयोजकः विश्वनाथ साह
–५७ जना पोलिटब्युरो सदस्य तथा ५५० केन्द्रिय सदस्य
प्रदेश नं. ३
इन्चार्जः हितमान शाक्य
संयोजकः झक्कु सुवेदी
–९४ जना पोलिटब्युरो सदस्य तथा १ हजार जना केन्द्रिय सदस्य
प्रदेश नं. ४
इन्चार्जः देव गरुङ
संयोजकः कुमार
–४० जना पोलिटब्युरो सदस्य तथा ४५० केन्द्रिय सदस्य
प्रदेश नं. ५
इन्चार्जः वर्षमान पुन ९अनन्त)
संयोजकः पुर्ण घर्ती (आयम)
–६९ जना पोलिटब्युरो सदस्य तथा ५५५ जना केन्द्रिय सदस्य
प्रदेश नं. ६
इन्चार्जः शक्ती बस्नेत
संयोजकः पारसमणी
–४० जना पोलिटब्युरो सदस्य तथम ५७५ जना केन्द्रिय सदस्य
प्रदेश नं. ७
इन्चार्जः लेखराज भट्ट
संयोजकः लक्ष्मण जोशी
–२६ जना पोलिटब्युरो सदस्य तथा ३५० जना केन्द्रिय सदस्य





error: Content is protected !!